काठमाडौँ, बुधबार, २८ असोज २०७७ । किरातकालका पहिलो राजा यलम्बरको नयाँ तस्विर (रेखाचित्र) सार्वजनिक गरिएको छ ।

नयाँ रेखाचित्रलाई कलाकार देव कोइमिले निर्माण गर्नु भएको हो । साथै, पुरानो रेखाचित्र भने वरिष्ठ कलाकार टेकबीर मुखियाले २०४८ सालमा निर्माण गर्नु भएको थियो ।

किरात राई यायोक्खाले प्रकाशनमा ल्याएको यलम्बरको रेखाचित्र मंगलबार एक समारोहबीच सार्वजनिक गरिएको हो ।

नेपालको इतिहासमा गोपालवंशी, महिषपालवंशीपछि किरातवंशीले शासन गरेका थिए । पहिलो राजा यलम्बरदेखि अन्तिम राजा गस्तीसम्मको ३२ पुस्ताले करिब १९ सय ६४ वर्ष शासन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here