February 24, 2024
खेलकुद

प्रथम शहिद लखन थापा मगर स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदैँ

गोरखा, बिहिबार, २८ मङ्सिर २०८० । शहिद लखन थापा गाउँपालिका स्तरीय प्रथम शहिद लखन थापा मगर स्मृति तथा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा श्री हिमाली माध्यामिक विद्यालयको सह-आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु हुन लागेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र खनालले बताउनु भयो ।

प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका विच उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । प्रतियोगिता गाउँपालिकाको खेल मैदान पिपल छापमा मङ्सिर ३० गतेदेखि पौष २ गतेसम्म हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका पालिका भित्रका माध्यामिक विद्यालयबाट करिब २७० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने प्रमुख राजेन्द्र खनालले बताउनु भयो ।

खेलाडीको मनोबल उच्च राखिदिनु सम्पूर्णमा अनुरोध गर्दै सहभागिता जनाउने सबै विद्यार्थी तथा विद्यालयहरुलाई पालिकाले सफलताको शुभकामना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *