काठमाडौँ, बुधबार, १० भाद्र २०७७ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ चौतारा निवासी दुवै मृगौला पिडित शर्मिला परियारलाई आर्थिक सहयोग भएको छ । दुवै मृगौलाफेल भई त्रि बि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत परियारलाई सिमपानी अनलाइन मिडियाको सहकार्यमा, अमेरिकामा रहेको नेपालीहरुले साझा सस्था गोरखाली समाज अमेरिकाबाट प्रदिप लामिछानेको नेतृत्वमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।

गोरखाली समाज अमेरिकाद्वारा मृगौला पिडित शर्मिला परियारको उपचारका लागि एक लाख तिरासी हजार सात सय उनान्सय (१,८३,७९९) रुपैयाँ सिमपानी अनलाइन मिडियाका अध्यक्ष बिमल भट्टले पिडित शर्मिला परियारका श्रीमान कृष्ण परियारलाई अस्पतालमा पुगेर हस्तान्तरण गर्नु भयो ।

उनका श्रीमान् ट्याक्सी चालक हुन् । मुटुमा पानी जमेर करिव १ लिटर पानी निकालेपछि हाल दुवै मृगौला फेल भएर उपचार गराउन आर्थिक अभाब रहेको थियो । शर्मिला परियारको उपचारका लागि आर्थिक अवस्था एकदम कमजोर रहेको हुदाँ सहयोगको याचना गरेका परियारले आज सहयोगी मनहरुका कारण उपचारका लागि आर्थिक रकम अमेरिकाबाट सहयोग स्वरुप जुटेको छ ।

उनको १२ बर्षका १ छोरा र १४ बर्षकी १ छोरी छन् । घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका हुन् । उनलाई सहयोग गर्नेको लागि कृष्ण परियारको मोबाइल न ९८४११२८९३१ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।

साथै, सिमपानी अनलाइन मिडियाले सहकार्य गरेको हुदाँ सिमपानी अनलाइन मिडिया ग्रुपका बिमल भट्ट सम्पर्क नं. ९८४१४८९५४६ र ९८४९६९९४११ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति कृष्ण परियारले सबैमा धन्यबाद ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here