विराटनगर, ७ बैशाख २०७७ । प्रदेश नम्बर न १ सरकारले नोबेल कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ कोरोना जनसुरक्षा कोष खडा गर्ने निर्णय गरेको हो । साथै, उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रुपैयाँ रकम जम्मा पनि गरेको हो ।

उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना डेस्क स्थापना गर्ने समेत निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here