पोखरा, सोमबार, १९ जेठ २०७७ । गण्डकी प्रदेशसभाले प्रदेश प्रमुख अमिक शेरचनलाई धन्यवाद दिएको छ ।

आइतबार प्रदेश प्रमुख शेरचनले गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।

गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले सोमबार बिहान प्रदेश प्रमुख निवासमा पुगेर प्रदेश प्रमुख शेरचनलाई प्रदेशसभाको तर्फबाट धन्यवादपत्र हस्तान्तरण गर्नु भएको थियो । सोही अवसरमा उप-सभामुख सिर्जना शर्मा सहभागी हुनुहुन्थ्यो ।

यसअघि, गण्डकी प्रदेशसभाको जारी छैठौं अधिवेशन अन्तर्गतको आइतबार सम्पन्न नवौं बैठकले गण्डकी प्रदेश प्रमुख शेरचनलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here