Monday, August 2, 2021
More

    मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

    spot_img
    spot_img

    नवलपुर, मंगलबार, ५ साउन २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गर्नुभएको छ । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गर्नुभएको हो ।

    स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागार्इंले जानकारी दिनुभयो । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईले बताउनुभयो । उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने चापागाईको भनाइ छ ।

    नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो । प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ ।

    मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृह जिल्ला आउनुभएको हो । आइतबार गृह जिल्ला आउनुभएका मुख्यमन्त्री पोखरेलले सोमबार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय एकाइ कार्यालय लगायतका कार्यालयहरुको निरीक्षणसमेत गर्नुभएको थियो ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    one + nineteen =