Monday, August 2, 2021
More

    ‘घरबार विहीन भएका नागरिकलाई घर बनाउन आर्थिक सहयोग’ : अजिरकोट गाउँपालिका

    spot_img
    spot_img

    गोरखा, आइतबार, ३ साउन २०७८ । अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ मा पाँच परिवारलाई नयाँ घर बनाउन १५ लाख रुपयाँ प्रदान गरिएको छ । ‘घर बनाउन पैसा दिएका हौं,’ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुरेश दवाडीले भन्नुभयो । पैसा पाएपछि नयाँ घर बनाउँदा लागेको ऋण तिर्न सहज हुने भन्दै लाभग्राही खुसी भएका छन् ।

    गोरखाको अजिरकोट गाउँपालिका वडा न १ साउनेपानीकी आशमाया गुरुङको घर पहिरोले भत्कायो । भूकम्पपछि बलियो गरी बनाएको घर पहिरोले लगेपछि उनी नौ महिनासम्म अस्थायी टहरामा बसिन् ।

    बि स २०७७ असोजमा उनको घर पहिरोले लगेको थियो । अब नयाँ घर बनाउन सक्दिन होला भन्ने उनलाई लागेको थियो । तर उनले अहिले पहिरो जानु अघिको जस्तै चिटिक्कको घर पाएकी छिन् ।

    अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् । सुख्खा पहिरोले घर बगाएपछि बिस्थापित भएका गणेश गुरुङ, सनमाया गुरुङ, लक्ष्मण गुरुङ र पूर्णबहादुर गुरुङलाई गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले तीन–तीन लाख रुपैयाँ सहयोग प्रदान गर्नु भएको हो । ‘घरबार विहीन भएका नागरिकलाई घर बनाउन आर्थिक सहयोग गर्ने योजना अनुसार रकम दिएका हौं,’ अध्यक्ष धितालले भन्नु भयो ‘घर नहुँदा टहरामा, छाप्रोमा, भत्किएको घरमा कष्टकर गुजारा चलाउनुपर्ने अवस्था थियो ।’ उहाँले भन्नुभयो ।

    गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका र पहिरोमा घरबार विहीन भएकालाई निरन्तर सहयोग गर्ने नीति लिएको गाउँपालिकाले जनाएको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    ten + 8 =