Monday, August 2, 2021
More

    लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

    spot_img
    spot_img

    काठमाडौं, शुक्रबार, १ साउन २०७८ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।

    बजेट पारित हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् ।

    धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालय प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए ।

    लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । बिहीबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री पोखरेल नै संसद बैठक छाडेर हिंडेका थिए । अब सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    2 × 2 =