काठमाडौँ, बिहिबार, २५ बैशाख २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।

उहाँले २५६४औँ बुद्धजयन्तीका अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सोही  अवसरमा प्रधानमन्त्रीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो । बुद्धजयन्तीका अवसरमा सरकारले आज साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीलाई आह्वान गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here