काठमाडौं, सोमबार, २६ असोज २०७७ । प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र कतारका राजदूत युसुफ बिन मोहम्मदबीच भेटवार्ता भएको हो ।

आज सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा र राजदूतबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले बिस्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here