काठमाडौं, बिहिबार, १ असोज २०७७ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र मित्रराष्ट्र पाकिस्तानका राजदूत मझार जाभेदबीच भेटवार्ता भएको छ ।

आज बिहिबार जंगीअड्डामा प्रधानसेनापति थापा र राजदूत जाभेदबीच शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत जाभेद र प्रधान सेनापति थापाबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँने हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्‍ने विश्‍वास नेपाली सेनाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here