काठमाडौँ, शनिबार, ३१ जेठ २०७७। बाढीे पूर्व तयारीमा जोड दिनुपर्ने तडकारो आवश्यकता रहेको प्राक्टिकल एक्सन र मर्सी कोरको नयाँ अध्ययनको ठहर गरेको छ । प्राक्टिकल एक्सन तथा मर्सी कोरले संयुक्त रुपमा तयार गरेको एक नयाँ अध्ययन प्रतिवेदनका अनुसार नेपालमा बाढीको चपेटामा रहेका समुदायहरुमा कोरोना भाइरसको मिश्रित जोखिमले संकटा-सन्नतालाई निकै गम्भीर बनाउन सक्ने ठहर गरेको छ ।

पश्चिम नेपालमा सर्वेक्षण गरिएको प्रतिवेदनका अनुसार बाढी आएको खण्डमा जम्मा हुनका लागि पहिचान गरिएका सुरक्षित स्थानहरुमा हात धुने पुर्वाधार नरहेको र ८० प्रतिशत स्थानमा क्वारेन्टाइनका लागि चाहिने न्यूनतम सुविधा नरहेको औल्याएको छ । बढ्दो महामारी र निकै लामो बन्दाबन्दी (लकडाउन) का कारण भोकमरी र गरिबी पनि अझै बढ्ने खतरा रहेको देखिन्छ ।

“नेपालमा कोरोना भाइरस (कोभिड-१९) र बाढीको प्रकोप मिश्रीत जोखिमको रोकथाम” नामक प्रतिवेदनका आधारमा बैतडी, बर्दिया, डडेलधुरा, कैलाली र कञ्चनपुर लगायतका पाँच जिल्लाका ४६ बाढी प्रभावित सुमदायमा रहेका सामुदायिक विपद् व्यवस्थापन समितिहरुसँग बाढी र कोरोना भाइरस (कोभिड-१९) लाई लिएर उहाँहरुको पूर्व तयारीका बारेमा सर्वेक्षण गरेको थियो ।

उक्त प्रतिवेदनमा वर्षा यामको समयमा बाढीको सम्भावनासँगै नेपालका धेरै संकटासन्न समुदायहरूमा कोरोना भाइरसले, स्थितीलाई झनै चर्काउने बारे सचेत गराएको थियो । प्रतिवेदनले महत्वपुर्ण कुरालाई उठान गरेको छ । सर्वेक्षण गरिएका मध्ये ६० प्रतिशत समुदायले खाद्यान्न अभाव प्रमुख जोखिमको रूपमा रहेको बताएका छन् । विशेषगरी, दलित लगायतका सिमान्तकृत जनसंख्याले बढी अप्ठेरो सामना गर्नु परिरहेको छ । स्वास्थ्य सेवामा पहँुच सिमित रहेको छ । हरेक ५ मध्ये १ समुदायमा बाढी र पहिरोको समयमा स्वास्थ्य सेवासम्म पहुँच हुँदैन । जम्मा १७ प्रतिशत समुदायहरूमा मात्रै क्वारेन्टाइनको सुविधा छ र ति मध्ये पनि २२ प्रतिशत क्वारेन्टाइनहरू बाढी तथा पहिरोबाट सुरक्षित छैनन् । अधिकांश समुदायमा बस्ती खाली गर्न र एकान्तवासको लागि तोकिएका सुरक्षित स्थानहरू बाहेक अन्य वैकल्पिक सुरक्षित क्षेत्र छैनन् । ४३ प्रतिशत सुरक्षित स्थानमा (बाढी र पहिरो गएको खण्डमा जम्मा हुन) हात धुने सुविधा छैन भने ५७ प्रतिशत स्थानमा हात धुने साबुन मौज्दातमा राखिएको छैन ।

परिवर्तनका लक्षहरू अंगाल्दै सन् १९७९ देखि नेपालको द्विगो विकासको लक्ष प्राप्तीमा महत्वपुर्ण योगदान पु¥याउदै आइरहेको छ । प्राक्टिकल एक्शन नवीन तथा सृजनशील सोचद्वारा परिवर्तन ल्याउन चाहने एक गतिशील संस्था हो । जलवायु परिवर्तन र समाजमा जरा गाडेर बसेका लैङ्गिक असमानताजस्ता समस्याहरूले निम्त्याएका कठिनाइहरूको समाधान पत्ता लगाउन प्रयत्नशील छ । यसले सशक्तीकरणका लागि उत्थानशीलता, सफलताका लागि कृषि र रूपान्तरणका लागि ऊर्जा दिदै आइरहेको छ ।

“परिस्थिति अति नै संवेदनशील छ, तर समाधान पनि छँदै नभएको भने होइन । दाता तथा सरकारले तोकेको सुरक्षित स्थानहरूमा हातधुने सुविधाहरूको निर्माण, खाने पानीको व्यवस्था र निरन्तरताका लागि लगानी तत्काल बृद्धि गर्नुपर्छ । वर्षाको सुरुवातमा नै हातधुने साबुनहरू वितरण गर्नु पर्छ । हामीलाई पर्याप्त खानेपानी र सरसफाइ सविधाहरू सहितका थप क्वारेन्टाइन र आइसोलेसन सुविधाहरू निर्माण गर्न तत्काल सहयोगको आवश्यकता रहेको प्रतिवेदनका सह–लेखक प्राक्टिकल एक्सन नेपालका बिक्रम राना बताउनुहुन्छ”।

“हाम्रो समुदायका लागि वर्षा याम निकै नै असजिलो समय हो । दुरी सुनिश्चित गर्न नसक्दा बाढीको सामना गर्नु र मानिसहरुलाई सुरक्षित रुपमा तय गरिएका सुरक्षित स्थानसम्म पु¥याउनु हाम्रा लागि निकै चुनौतीपूर्ण हुने गरेको कैलाली जिल्ला सामुदायिक विपद व्यवस्थापन समितीकी सदस्य लक्ष्मी घर्ती मगर बताउनुहुन्छ”।

मर्सी कोरले नेपालमा सन् २००५ देखि काम गर्दै आइरहेको छ । यसले आपत्कालमा जीवन बचाउन मदत गर्ने र संकटासन्न समुदायहरुको आर्थिक विकास निर्माण गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रणालीगत अवधरणादेखि बजार विकास, आर्थिक सेवाहरु, विपद जोखिम न्यूनिकरण, जलवायू परिवर्तन अनुकुलन र युवा सहभागीतासम्मका क्षेत्रमा फैलिएका छन् ।
“कोरोना भाइरसले संकटासन्न मानिसहरूलाई अप्रत्याशित रुपमा प्रभावित गरिरहेको छ । जसमध्ये, धेरै अहिले नै जलबायू संकटको जोखिमको अग्रभागमा रहेका छन् । समुदायहरूले खाना र पानीजस्ता आधारभूत आवश्यकताहरु पूर्ति गर्न चुनौती भएको बेलामा परिवारहरूका लागि महामारीले वर्षा तथा बन्दाबन्दीको सामना गर्न अतिनै जटिल बनाउने प्रतिवेदनका लेखिका मर्सी कोरकी योको ओकुरा बताउनुहुन्छ “।

“ कोरोना भाइरस (कोभिड-१९) बाट सृजित स्थानीय जोखिमहरूलाई सम्बोधन गर्न र तिनलाई कम गर्न, स्थानीय समाधान आवश्यक हुन्छन् । स्थानीय पुर्वतयारी, जोखिमको सञ्चार र प्रभावकारी समन्वयका लागि स्थानिय विपद्जो खिम व्यवस्थापन समितिहरू र स्थानीय आपत्कालिन उद्धार केन्द्रहरु महत्वपुर्ण हुनसक्ने भएकाले स्थानीय सरकारभित्रका समिति र आपतकालिन केन्द्रहरूलाई प्रवद्र्धन गर्नु पर्छ । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा समुदायको अपनत्व हासिल गर्न सरकारी संयन्त्रहरूलाई सामुदायिक विपद्जो खिम व्यवस्थापन समितीहरूसँग जोड्नु अति आवश्यक रहन्छ । कोरोना भाइरस रोकथामका लागि गरिएको पूर्व तयारीलाई बहु–प्रकोप जोखिम पूर्व तयारीहरु सँगसँगै लैजानु पर्छ । यसो नगर्दा कोरोना संक्रमणको संभावना थप भइ विपद जोखिम पनि अझै बढ्ने प्राक्टिकल एक्सनका जलबायू परिवर्तन तथा उत्थानशीलता कार्यक्रमका विषयगत प्रमुख डा. धरम राज उप्रेतीले बताउनु भयो ।

साथै, आईएफआरसी विश्वको सबैभन्दा ठूलो मानवीय कार्य गर्ने सञ्जाल हो । आफ्ना १३ लाख ७० हजार स्वयमसेवहरूका कार्य मार्फत १ सय ९२ देशका १५ करोड मानिसहरुसम्म पुगेको छ । आईएफआरसीले नेपालमा समुदायिक विपद्जोखिम व्यवस्थापन मञ्च तथा ह्युमनटेरियन कन्ट्री टिम जस्ता विभिन्न साझेदारहरु मार्फत सामुदायिक उत्थानशिलता विकासलाई बढावा दिन नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गर्दै आइरहेको छ ।

साथै, बाढी उत्थानशीलताका लागि जुरिच गठबन्धनले विश्वभरी नै समुदायिक उत्थानशीलता सबलीकरण गर्दै बाढीबाट मानिसहरुको जीवन जोगाउन व्यवहारिक उपायहरुको खोजी गर्दछ । सन् २०१३ मा स्थापित ९ सदस्यीय गठबन्धन हो । यसलाई जुरिक इन्सुरेन्स ग्रुपकोजुरिक फाउण्डेसनले आर्थिक सहयोग गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here