कति सक्छस त मलाई खेदाउन
हराउन, गलाउन अनि ढलाउन ?

कति दिन्छस त मलाई अफ्जसहरु
कति दिन्छस न नदेखिने चोटहरु
देखाउछ्स कति मात्र खोटहरु बार बार
दे त दिल खोलेर सारा जगतकै सामु
म स्वीकार गर्न तयार छु हर हालमा ।

मेरा सारा दोषहरु
प्रिय जिन्दगी
…..

न देखाउनु म माथि दयाँ कतै
न दिनु छुट कुनै, चाहिन्न भो मलाई
जति सक्छस खेदेर देखाईदे
मेरो जीवनका भोगाईहरुमा ।

मलाई हराएर देखाई दे
म हार्न तयार छु , मर्न तयार छु
जिन्दगी मलाई हराउन सक्नु
सत्कर्म को लागी मलाई
बार बार गलाउन सक्नु ।

प्रिय जिन्दगी….

मेरो पाईलामा आफ्नो डोब बसाउनु
मेरो यात्रामा आफ्नो छाप बसाउनु
मलाई हराउनु , म खुशि हुने छु
आफ्नो क्रमले नयाँ आयम कोर्नु ।

हारेर आफु तेरो जितमा हास्ने
आफु मरेर तलाई बचाउने
जीवनको खेल थालेको मैले
बुझ्नु भुझाउनु बाकी भए

बुझाउला , सुझाउला अझै पनि
खेल जिन्दगी को बाकी नै छ

प्रिय जिन्दगी….

अरुको काधमा बन्दुक राखी
लडाउने खेल न सिका त मलाई
अरुको शब्द सापटि लिदै न सिका
त मलाई भाषण ठोक्न जमघटहरुमा।

म आफ्नै पहिचानले चिनिन चाहान्छु
मलाई कुनै खोल चाहिन्न आफ्नो
अस्मिता र आचरण छोप्न
बस मलाई समान ब्यबहार गर्दै ।

बाच्न दे, जिन्दगीका रहरहरु
सानो सानो कुरामा खोज्न दे
जिन्दगी का अनगिन्ती खेलहरु
बुझ्न र बुझाउन
प्रिय जिन्दगी
केहि समय दे

सिमा पुरी
२०७७ साल बैशाख २० गते शनिबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here