काठमाडौँ, आइतबार, ४ जेठ २०७७ । प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमितबाट मृत्यु भएकी महिलाको पहिचान खुल्ने तस्वीर र ब्यक्तिगत विवरणसहित राखेर सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण जनाएको छ ।

बिश्व ब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा अधिक सहुलियतको निम्ति हामी प्रयत्नशील रहेका छौं, संगसंगै केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई समेत एउटा टुङ्गोमा पुर्याउन सरोकारवाला सबै निकायहरूसँग छलफलमा रहेको काउन्सिल जनाएको छ ।

पत्रकार आचारसंहिताभित्र रहेर गरिएका गतिविधिमा कुनै मानवीय त्रुटि हुन गए सच्याउने विधि र प्रक्रिया रहेका छन् । आफै नियम कानूनको परिधिभित्र नरही गैह्र पेशागत र गैह्र कानूनी हर्कत गर्दाको हकमा आइपर्ने समस्याको जिम्मेवारी स्वयं आफैले लिनुपर्ने अवागत गराउदै  दुःखका साथ अवगत गराउन बाध्य भएका छौं । सीमा नाघेर गरिने कर्मलाई प्रेस स्वतन्त्रताको रूपमा नबुझिदिनसमेत काउन्सिलले आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएका, अनलाइन सञ्चामाध्यमहरूबाट सम्प्रेषण भएका घटनाहरूप्रति पनि काउन्सिलको ध्यानाकर्षण गराउदै  सम्प्रेषण गर्दा वैयक्तिक गोपनियताको प्रतिकूल हुनुका साथै मानवीय समवेदना खल्बलिने र प्रभावित व्यक्तिलाई थप पीडा पुग्ने हुँदा आम पत्रकार, सञ्चारकर्मी, सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्तालाई थप सावधानी अपनाउन प्रेस काउन्सिल नेपालले सबैमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here