काठमाडौँ, सोमबार, २६ जेठ २०७७ । भारतबाट बाँकेको जमुनाहा नाका भएर घर फर्किरहेकाहरुका लागि खानेकुरा, पानी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लबले उनीहरुलाई तयारी खानासहितका सामग्री वितरण गरिएको हो ।

चेक प्वाइन्टमा स्वास्थ्य जाँच गरेपछि हरेक यात्रुका लागि खानेकुरा र मास्क वितरण गर्न सुरक्षाकर्मी र सरकारी कर्मचारीले समन्वय गरिरहेका छन् । भारतबाट आएका यात्रुहरु आफ्नो गन्तव्यमा फर्किदा प्रयोग गर्ने सवारी साधनमा समेत पिउने पानीको प्रबन्ध मिलाइएको छ ।

उनीहरुका लागि साबुन र मास्कसहितको स्वास्थ्य सामग्री समेत वितरण गरिएको छ भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायबारे जानकारी गराइएको छ ।

फर्किएका व्यक्तिहरुलाई आवश्यकताअनुसासर मनोसामाजिक परामर्श पनि दिने गरिएको छ । जमुनाहा नाका हुँदै फर्किएकामध्ये ३० हजार जनालाई सहयोग गर्ने लक्ष्य राखिएको प्लान इन्टरनेशनल नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here