कहिले वारी बनाउथें कहिले पारी बनाउथें
तिनै पुर्खा हुन जस्ले पाटी चाैतारी बनाउथें ।

दिनभरकाे काम सकेर साँझ घर फर्किदा
रित्ताे नहुन घाँस र दाउराका भारी बनाउथें
बाँस निगाला र पाट पटुवाका खेती गरेर
डाेका, डाला ,नाम्ला र भकारी बनाउथें ।

खाेरिया खन्न पनि त्यति सजिलाे नहाेला
फाडेरै खेती लाउने सुर्का र बारी बनाउथें ।

धेरैपछि चलनमा आयाे धातुका वर्तनहरू
कुदेर माटाे, खाेपेर काठकाे आरी बनाउथें
झै-झगडा, कलह मत्थर नभए भने गाँउमा
ईन्साफ दिन डिट्ठा मुखिया बिचारी बनाउथें ।

कल्पना गैरे
शुक्लागण्डकी

२०७७-०४-०६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here