सुजन भट्ट

पेरिसको नहरहरु पानीले छचल्किएको देख्दा
मलाई मेरा कलकल गर्दै बगेकी खोली सम्झन्छु
चिल्ला सडक पेटिहरुमा बाबु छोरा मस्किदै गर्दा
मलाई मेरो छोराले बाबा भनेको बोली सम्झन्छु ।

मिरमिरे मै कराउने पेरिसको ढुकुरको आवाजले
बिछोडिएको हाम्रो युगल जोडी सम्झन्छु
हरियो परियो खाउ भन्छु महँगो छ कति
करेसाको रायोको साग लटरम्म काल्लाको बोडी सम्झन्छु ।

आइफेल टावरको फेदिमा बसेर चुचुरो नियाल्दा
म मेरो सगरमाथाको शिखर सम्झेर गर्बित हुन्छु
पुले भन्छन कुखुरा लाई खासै स्वाद पाउदिन
आमाले पकाएको गुन्द्रुक नै होस तिखर सम्झन्छु ।

माटो मिल्छ जस्तो लाग्छ बाक्लो घास बारिमा देख्छु
झरिमा भिज्दै उनि सँग घासको भारी कसेको सम्झन्छु
नाइटोमा फुली लगाउने देख्दा उनको नाकको फुली सम्झन्छु
एक बित्ता लाज छोप्नेहारुको भिड बाट उनैको सारी सम्झन्छु ।

२०७७-०४-२३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here