काठमाडौं, शुक्रबार, १९ बैशाख २०७७ । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसँग माग गरेको छ ।

बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्ती मार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो ।

फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ ।

त्यसैगरी, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई  विज्ञप्ती मार्फत अग्रह गरिएको छ ।

संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्र ह  गरेको छ ।

साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरिउको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here