अमेरिका, कनेक्टिकट, केपी भट्ट, शुक्रबार, ९ साउन २०७७ । एनआरएन कनेक्टिकट च्यापटरले बझाङ बाढिपिडितलाई सहयोग हस्तान्तरण गरेको छ ।

आज शुक्रबार एनआरएन कनेक्टिकट च्यापटरले सुदुरपश्चिम नेपालको बझाङ जिल्लामा बाढिपहिरोमा परेका १८ घर परिवार लाई सहयोग गरेको छ ।

च्यापटरका अध्क्षय हरिप्रसाद जोशीको सक्रियतामा च्यापटरका कार्यसमिति सदस्य तथा सल्लाहाकारबाट ५८ हजार नेपाली रुपैयाँसहित सुदुरपश्चिमाच्ल विश्वबिधालयका उपकुलपति प्रध्यापक डा अम्मराज जोशी मार्फत तथा स्थानीय समाजसेवी युवाहरुको सहयोगमा पिडित परिवारलाई हस्तान्तरण गरिएको थियो ।

उक्त रकम सहयोग गर्ने चन्दादाता तथा बितरणमा सहयोग पुगाउने सबैलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here