काठमाडौं, मंगलबार, २३ बैशाख २०७७ । बन्दाबन्दीको समयमा १ सय ७६ जना महिला तथा बालिकामाथि हिंसा भएको तथ्य सार्बजनिक भएको छ । गत चैत ११ गतेदेखी लागु गरिएको बन्दाबन्दीको समयमा विभिन्न १८ वटा जिल्लाहरुमा १ सय ७६ जना महिला तथा बालिकामाथि विभिन्न प्रकारको हिंसा भएको एक अध्ययनले देखाएको छ ।

महिला पुनस्र्थापना केन्द्र (ओरेक) द्वारा सञ्चालन गरिएको ३ वटा हटलाईन, मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायीक संघसंसस्थाहरुबाट उक्त घटनाहरु अभिलेखिकरण गरिएको सस्थाले जनाएको छ ।

जस अन्तर्गत १०३ वटा घरेलु हिंसा, १५ वटा सामाजिक हिसा, २६ वटा बलात्कार, ५ वटा बलात्कारको प्रयास, १ वटा हत्या, २ वटा हत्या वा आत्महत्या अनुसन्धानको क्रममा रहेको, ७ वटा यौन दूव्र्यवहारका घटना, ११ वटा आत्महत्या, २ वटा आत्महत्याको प्रयास, २ वटा हत्याको प्रयासका घटना र २ वटा साइवर अपराधसँग सम्बन्धीत घटना रहेका छन् ।

हिंसा गर्ने व्यक्तिहरुमा सबैभन्दा बढी ७८ जना श्रीमान् रहेका छन् र ३७ जना परिवारको सदस्यहरु रहेका छन् । यस अवधिमा संकलन भएका २६ वटा बलात्कारका घटनाहरु मध्ये २ वटा सामुहिक बलात्कारका रहेका छन् । जुन गत हप्ता मात्र संकलन भएको हो । यस घटनामा प्रेमि र उनका साथीहरु संलग्न रहेको पाईएको छ ।

१८ वटा छिमेकीबाट, १ घटना बुबावाट, १ वटा घटना आफ्नै दाजुबाट, १ वटा परिवारको सदस्यबाट, ३ प्रेमी ठानिएका व्यक्तिबाट र २ पहिचान नखुलेको व्यक्तिबाट भएको पाईएको छ ।

अभिलेखन गरिएका घटनाहरुलाई उमेर समुहको आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ बर्ष उमेर समूहका ५५ जना महिलाहरु हिंसाबाट प्रभावित भएको पाइएको छ । यसरी नै २६ देखि ३५ वर्ष उमेर समूहका ४५ जना, ३६ देखि ४५ बर्ष उमेर समूहका २७ जना, ४६ बर्षभन्दा माथिका उमेर समूहका १७ जना महिलाहरु र १६ बर्षभन्दा कम उमेरका २५ जना बालिकाहरु हिंसाबाट प्रभावित भएका छन् । उमेर समूह थाहा नभएका ७ जना रहेका छन् ।

संस्थामा अभिलेखिकरण भएका घटनाहरुमध्ये ७४ जना प्रहरीमा उजुरी दर्ताका लागि गएको, २२ जना मेलमिलाप समितीमा गएको, २१ जना हिंसा सहन नसकेर आमाबुवाको घर\आफन्तकोमा गएर बसिरहेका र बाँकि प्रभावितहरुले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेको र वातावरण सहज भएपछि सम्बन्धीत निकायमा जाने बताएका छन् ।

संस्थाले हिसां न्युनिकरण गर्न विभिन्न सात वटा सुझाव समेत दिएको छ । महिला तथा बालिकाले आफुमाथि भएको हिंसाको उजुरी गर्नका लागि सहज वातावरणको सिर्जना गर्नुपर्ने । प्रहरी, न्यायीक समिति, मेलमिलाप समितिले हिंसाको रोकथाम तथा न्याय निरुपणका लागि सक्रिय भएर कार्य गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा हिंसा विरुद्ध उजुरी गर्न प्रोत्साहन गर्ने र हिंसामुक्त जीवन बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चितताका लागि हिंसा प्रभावितको आवश्यकता अनुरुप सुरक्षाआवास, मनोपरामर्श, स्वास्थ्य तथा कानुनी सहयोग सेवालाई संक्रमणको सुरक्षा अपनाई निरन्तरता दिनुपर्ने लगायतका रहेका छन् ।

संस्थासँग आबद्ध २८ जना मनोविमर्शकर्ताले फोन र सामाजिक दुरी कायम गरी व्यक्तिगत भेटघाटका माध्यमबाट कोरोना भाइरस (कोभिड–१९ ) को त्रासका कारण उत्पन्न मनोसामाजिक समस्याबाट प्रभावित १७४ र १६७ हिंसा प्रभावित÷ प्रभावितको परिवारका सदस्य गरी जम्मा ३४१ जनालाई यस अवधिमा मनोसामाजिक परामर्श प्रदान गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here