February 24, 2024
खेलकुद

बयरघारी स्याङ्जामा प्रथम करुङ रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुदैँ

स्याङ्जा, शुक्रबार, २२ मङ्सिर २०८० । करुङ बयरघारी मुस्लिम युवा क्लबको आयोजनामा प्रथम करुङ रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

भीरकोट १,२ बयरघारी स्याङ्जामा हुने भलिबल प्रतियोगिता आगामी पौष २१ गतेदेखि संचालन हुने आयोजकले जनाएको छ ।

उक्त पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले नगद ७२ हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने द्वितीय स्थान हासिल गर्ने प्रतियोगीले नगद ५० हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी तृतीय स्थान हासिल गर्ने प्रतियोगीले नगद ३० हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने सान्त्वना पुरस्कार स्वरुप १५ हजार ७ सय ८६ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । साथै, अन्य बिबिध विधामा खेलाडीको मनोवल बढाउने उदेश्यसहित पुरस्कारले सम्मानित गरिने आयोजकले जनाएको छ ।

स्थानीय स्तरबाट खेलाडी उत्पादनमा प्रतियोगिताले सघाउने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *