काठमाडौँ, १७ बैशाख २०७७ । बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।

५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थिय।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन ।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबार उनकी आमाको निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here