काठमाडौँ, शुक्रबार, २ जेठ २०७७ । पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

राष्ट्रिय जन-स्वास्थ्य प्रयाेगशाला टेकु र भेरी अस्पतालमा गरिएकाे परीक्षणबाट साे पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

थप पुष्टि भएकामा मकवानपुरमा एक र बाँकेमा ८ जना रहेका छन् । जसमा मकवानपुर निवासी ३७ वर्षीय पुरूष, बाँकै नैनापुरा १,३ र ५ निवासी १८,२०,२२,२५,२५, २७, ३२, र ३६ वर्षका पुरूष रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here