काठमाडौं, सोमबार, ८ बैशाख २०७७ । बालाजुबाट कलंकी आउदै गरेको फलफूल बोकेको भ्यान दुर्घटना भएको छ । बा २० च १५१२ नम्बरको भ्यान बाफल (सोल्टीदोबाटो) मा दुर्घटना भएको हो ।

सोही गाडीका चालक यमलाल पौडेललाई छातीमा चोट लागेको र उनलाई उपचारको लागि नजिकैको अस्पताल पुर्याइएको छ । घाइते चालकको अवस्था सामान्य रहेको छ ।

दुर्घटना बिहान करिब ८:१५ तिर भएको थियो । लकडाउनको बेला खुल्ला सडक भएकोले तीब्र गति नै दुर्घटनाको मुख्य कारण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here