वढाई माला नेताकाे गला गलामा परेछ
तिमी हामीलाई निरासा, बदलामा परेछ ।
आमाले सङ्घियता नजन्माएकाे हाेईन
बामे सर्न नपाउदै बबुराे, थला परेछ ।
उ खेत मेराे हाे भन्दै सिमाना देखायाे
दाइँ भने उता अर्काैकाे खलामा परेछ ।
ज्युँ का त्युँ छ सम्बृध्दिकाे मेलाे सरेन
फाली खुस्कियाे जराे त, हलामा परेछ ।
प्रेम एउटासँग थियाे बिहे अर्कैसँग भयाे
प्रेमीकाकाे रुमाल त डफलामा परेछ ।
गाउनेले गीत गाई दिए रमाए एकैछिन
सम्वृध्दि त चाटुकारकाे, कलामा परेछ ।
कल्पना गैरे
शुक्लागण्डकी
२०७७ साल माघ ११ गते आइतबार