काठमाडौं, २४ बैशाख २०७७ । जारी बन्दाबन्दी (लकडाउन) बारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सो जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो ।

गत चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी पटक पटक थप हुँदै भोलिसम्मका लागि पछिल्लो पटक म्याद थप भएको र त्यसपछि के गर्ने भन्ने विषयमा आजको मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुत्त भएको निश्कर्ष निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here