पोखरा, सोमबार, २९ भाद्र २०७७ । बाल दिवसको अवसरमा पोखरामा जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरिएको छ ।

राष्ट्रिय वाल दिवस ०७७ को अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले आयोजना गरेको जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरणसंगै दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले हालको कठिन अवस्थामा केही पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर जान नहुनेमा जोड दिएका हुन् । जिल्लामा रहेका ९ र १० कक्षामा अध्ययनर विधार्थीहरु विच निवन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

उक्त निवन्ध प्रतियोगितामा ढुग्रेसागु वोडिङ स्कुल पोखरा १७ का अनुस्का रिजाल प्रथम, निष्पक्ष मा वि माछापुच्छ्रे रिभानका अनिशा राना मगर द्धितीय, हिमालय मा वि मौजाका मनिराज गुरुङ तृतीय हुदै क्रमश ३ हजार, २ हजार र १ हजार नगदसहित प्रमाणत्र पुरस्कार पाउन सफल भएका थिए ।

त्यसैगरी, जनप्रिय माविका आकृती सापकोटा र मादीका प्रज्वल गुरुङले सान्तवना स्थान प्राप्त गदै नगद ५÷५ सय पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

कार्यक्रममा पुरस्कार विजेता विद्याथीहरुको तर्फवाट अनुस्का रिजाल, नेपाल शिक्षक महासंघका अध्यक्ष बोधराज पौडेल, प्यावसन कास्कीका सचिव विष्णु शर्मा, इकाइका शाखा अधिकृत बबिता शर्मा, हिमलाल बाास्तोला लगायतले कुनै पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर हुन नहुने भन्दै त्यसका लागि सवैले आ आफनो क्षेत्रवाट सहयोग गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

कुनै पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर जान नुहने सरोकारवालाले जोड दिएका छन् । ‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ नाराका साथ पोखरामा आज सोमबार आयोजित एक कार्यक्रममा सहभागीले जोड दिएका छन् ।

सहभागिहरुले सरकारी होस वा निजीमा अध्ययनरत कोही पनि विद्यार्थी शिक्षाको पहुचवाट बाहिर जान नहुने भन्दै पहुचभन्दा बाहिर रहेको विद्यार्थीहरुलाई सबैले आ आफनो क्षेत्रवाट सहयोग गर्न आवश्यक रहेको जोड दिएका थिए ।

“सरकारले समृद्ध नेपाल सुखी नेपाली” को नारा अघि सारेपनि बालबालिकाको शिक्षा, स्वास्थ्यसंगै सामाजिक विकासको क्षेत्रमा सुधारमा ध्यान दिन नसके त्यो नारा र सरकारले लिएको लक्ष्य कहिल्यौ पुरा नहुने उनीहरुको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख समेत रहेका जिल्ला शिक्षा समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बालबालिकालाई भोलीका देशका कर्णधार भनेर मात्र नहुने त्यसका लागि गर्नुपर्ने धेरै कामहरु नभएको बताए । यसलाई सफल पार्न कुन क्षेत्रले के काम गर्नु पर्ने हो, सो पुरा भएमात्र यो सपना साकार हुने भएकाले सबैको ध्यान जार जरुरी रहेकोमा क्षेत्रीको जोड थियो ।

बाल दिवसका दिन मात्र बाल अधिकारको कुरा गर्ने र अन्यदिन बिर्षने परिपाटी हामीमा रहेकोले अब सबैले वर्ष भरिनै बाल अधिकारसंगै उनीहरुको शिक्षा, स्वास्थ्य र सामाजिक अधिकारको लागि काम गर्न आवश्यक रहेको उनको भनाई थियो । हाल अधिकासले आएको बजेट बाटो, खानेपानी, सिचाई लगायतका कुरामा खर्च गर्ने र त्यसलाई नै प्राथमिकता दिने परिपाटी रहेको तर बाबालिका र महिलाको क्षेत्रमा गर्नुपर्ने काममा ध्यान जाने नगरेको भन्दै बालबालिकालाई पहिलो स्थानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

इकाइका प्रमुख नारायण सुबेदीले नेपालको संविधानसंगै अन्य नियम कानुनले दिएको बालअधिकारको विषयमा शिक्षा क्षेत्रका सरोकारवालहरुले अध्ययन नगर्दा कहिले काही समस्या आउने गरेको बताए । शिक्षा क्षेत्रका सरोकारवालासंग सवैले बालअधिकारमा उल्लेख भएका कुरा अध्ययन गर्न आग्रह गर्नुभयो । साथै, बालबालिकाहरु आफैले आफनो अधिकार खोज्न नक्ने भएकाले उनीहरुको अधिकार संरक्षण गर्ने जिम्मा घरमा अभिभावक र विद्यालयमा शिक्षकको रहेको बताउनु भयो ।

हालको कठिन अवस्थामा केही पनि बालबालिका शिक्षाको पहुचभन्दा बाहिर जान नहुने भन्दै हालै जारी सिकाई सहजिकरण निर्देशिका अनुसार सवैले आ-आफनो क्षेत्रवाट शिक्षाको पहुचभन्दा बाहीर रहेका बालबालिकाहरुलाई सहयोग गर्न सुबेदीले सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here