गोरखा, १३ चैत २०७७ । गोरखाको सिरानचोक गाउँपालिकाले बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बिदेशबाट आउनु भएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले आज एक बिज्ञप्ती जारी गर्दै बिदेशबाट आएका व्यक्तिहरु भोज भतेर गर्ने, इस्टमित्रहरु भेट्ने नाममा घरबाहिर हिडेको थाहा हुन आएका भन्दै तत्काल सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

गाँउपालिका अध्यक्ष राजु गुरुङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा राज्यले नागरिकहरुको स्वास्थ्य सुरक्षाका लागि अबलम्बन गरेका कार्यलाई सवै नागरिकले पूर्ण रुपले पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

साथै, बिदेशबाट आउनु भएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सवै जनप्रतिनिधि, शिक्षक, बुद्धिजिबी र समाजसेवीहरुलाई गाउँपालिकाले बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।

गाउँपालिकाले वडाध्यक्ष, सदस्यहरुसंग समन्वय गरी वडास्तरीय बिपद् व्यवस्थापन समिति, रेडक्रसका उपशाखाहरु, गाउँपालिकाका बिषयगत शाखाका कर्मचारीहरु र अन्य स्वयंसेवकहरु टोलटोलमा रहेका उक्त समितिका पदाधिकारी एवंम सदस्यहरुलाई बिदेशबाट आउनु भएका सम्पूर्णको तथ्याङक संकलन गर्न भनिएको छ ।

उक्त बिज्ञप्तीमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरुलाई तत्काल स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन पनि पालिका भित्रका सवैलाई आग्रह गरिएको छ ।

बिज्ञप्तीमा दैनिक मजुदरी गरी खाने वर्गका लागि कोरोना भाइरसको संक्रमणको जोखिमले बढी दैनिक गुजारामा गर्न समेत अफट्यारो परेकाले त्यस्ता परिवारका सदस्य संख्या, बसोबास स्थल, र अश्रित व्यक्तिको समेत लगत संकलन गर्न वडालाई निर्देशन दिइएको छ ।

सिरानचोक गाउँपालिका आफ्नो साधन र स्रोतले भ्याएसम्म कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि लागि परेको उल्लेख गर्दै अध्यक्ष गुरुङद्धारा हस्ताक्षरित बिज्ञप्तीमा पालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारीहरु उच्च सर्तकर्ताका साथ बिपतसंग लड्न सवै नागरिकको साथमा रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here