Thursday, February 25, 2021
More

    बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने

    काठमाडौँ, आइतबार, २६ पुस २०७७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिशेष क्यामरा जडित ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गर्ने भएको छ ।

    ट्राफिक नियम उलंघन गर्ने सवारीसाधानलाई जुनसुकै बेला र जहा पनि ट्राफिक सर्भिलेन्स भेहिकलमार्फत निगरानी गरिने महाशाखाले जनाएको  छ ।

    उक्त भ्यानको अग्रभागमा ४ वटाा सिसिटीभि क्यामेरा जोडिएको छ । उक्त क्यामेराले २०० मिटर अगाडीसम्मको दृश्यलाई कैद गर्न सक्ने महाशाखाले जनाएको छ ।

    भ्यानभित्रै सञ्चार सेट, कम्प्युटर, प्राथमिक उपचारका साधन समेत रहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।

    त्यसैगरी, महाशाखाले घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई सम्मान गरेको छ ।

    एसएसपी भट्टराईले कामकारवाही गर्ने सिलसिलामा हुन सक्ने गलत कामलाई अन्त्य गर्नका लागि आवश्यक कदल चालिने बताउनुभयो ।

    उहाले ट्राफिक प्रहरीलाई प्रलोभन देखाउनलाई पनि कारवाही गर्ने चेतावनी दिनुभयो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here