Monday, August 2, 2021
More

    अजिरकोट गाउँपालिका भित्र कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका विविध उपाय अपनाएका छौँ : लोकेन्द्र ज्ञावाली

    spot_img
    spot_img

    बिश्वब्यापी महामारीको रुपमा फैलिदैं गइरहेको कोरोना भाइरस (कोभिड-१९ ) को आजको जटिल परिस्थितिमा आफ्ना पालिका भित्र कोरोना संक्रमण रोक्न नियन्त्रण तथा रोकथामका विविध उपायहरु अपनाईरहेको बताउनु हुन्छ, अजिरकोट गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत लोकेन्द्र ज्ञावाली ।

    अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित रहेको छ । सिमाना पूर्वमा सुलिकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ ।

    आजको जटिल परिस्थितिमा आफ्ना पालिका भित्र कोरोना संक्रमण रोक्न नियन्त्रण तथा रोकथामका विविध उपायका बारेमा अजिरकोट गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत लोकेन्द्र ज्ञावालीसंग गरिएको कुराकानी ।

    १ तपाइँको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ?

    अहिलेसम्म भारतबाट आएर क्वारेन्टाईनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको छ । उहाँहरु पनि निको भईसक्नु भएको अवस्था छ ।

    तर, पनि गाउँपालिका तथा सरोकारवालाहरुको उच्च सतर्कताका कारण कोरोना रोकथाम तथा नियन्त्रण कै अवस्थामा हामी रहेका छौँ ।

    २ संक्रमण रोक्न के–कस्ता उपाय अवलम्बन गर्नुभएको छ ?

    संक्रमण रोक्न नियन्त्रण तथा रोकथामका विविध उपायहरु अपनाईएको छ । विदेशबाट आउनु भएका तथा उच्च संक्रमण क्षेत्रबाट आउनु भएकाहरुलाई सार्वजनिक क्वारेन्टाईनमा राखिएको छ भने नियमित रुपमा जोखिम क्षेत्रको पहिचान गरी पि सि आर परिक्षण गरेका छौँ । नागरिकहरुलाई सचेत रहन सम्पूर्ण पालिकाबासीमा सु-सुचित गर्दै आएका छौँ । नियमित रुपमा गाउँपालिका स्तरीय कोभिड सचिवालयको वैठक वसि आईपरेका समस्याहरुको समाधान गरिदै आइरहेका छौँ ।

    ३ कोभिड-१९ सुरु भएपछि देखिएका समस्या कसरी समाधान भइरहेको छ ?

    गाउँपालिका तथा सरोकारवालाहरुको समन्वय र सहकार्यमा समाधान हुदैँ आएको छ ।

    ४ संक्रमण रोक्न स्थानीय जनताबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

    स्थानीय जनताले स्वीकृत स्वास्थ्य प्रोटोकोलको पालना गरी उहाँहरुकै हितमा जारी सूचनाहरुको पूर्ण परिपालना गरिरहनु भएको छ र संक्रमणको जोखिम रहदासम्म सो को निरन्तरताको अपेक्षा गरिन्छ । सबैभन्दा ठूलो जिम्मेवारी नागरिककै हो । सरकारी निकायले सहजीकरण र नागरिकका समस्या समाधान प्रयास गर्ने हो तर कोभिड फैलन नदिन सबैभन्दा ठूलो नागरिककै भूमिका हुन्छ । संक्रमण भएमा लुक्ने वा भाग्ने कार्य गरिनु भएन । कतिपय त क्वारेन्टाइनबाटै भागेका छन्, यो गलत हो । त्यसैले, नागरिकमा अनुशासन अत्यावश्यक छ । कोभिड व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । यस्तो अवस्थामा कसैले पनि लपारवाही गर्नुहुँदैन । सबै सचेत बन्नैपर्छ । सबैले आ-आफ्नो भूमिका इमानदारीतापूर्वक पालना गर्नुपर्छ । कोभिडले कसैलाई चिन्दैन । जो सुकैलाई बाँकी नराख्ने भएकाले सबै सचेत, संवेदनशील र अनुशासित बन्नुपर्छ ।

    ५ कोभिड-१९ का कारण पूर्वाधार र विकास निर्माणका कार्य कसरी संचालन हुदैँ छन् ?

    ठूला पूर्वाधार र बिकाश निर्माणका कार्य अपेक्षित रुपमा संचालन गर्न कठिन भएता पनि गाउँपालिकाले नागरिकको अत्यावश्यक क्षेत्रसंग सम्बन्धितजस्तै सिंचाई, खानेपानी जस्ता पुर्बाधारहरु निर्माणमा उच्च सतर्कताका साथ निरन्तरता दिईरहेको छ ।

    ६ रोकथामका लागि प्रदेश सरकारले कस्तो कदम चाल्नुपर्ला ?

    प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र भित्रका स्थानीय तहहरु बीच र स्थानिय तह संघ बीच समन्वय गरी कोभिड-१९ विरुद्ध संयुक्त कदम चल्न समन्वयात्मक भूमिका निभाउनु पर्ने आवश्यकता रहेको छ ।

    २०७७ साल साउन १५ गते

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    four × 4 =