Monday, August 2, 2021
More

    ऐतिहासिक स्थल श्रीनाथकोटमा पहिलो पटक सवा-लाख रोट चढाईँदै

    spot_img
    spot_img

    गोरखा, बिहिबार, १३ जेठ २०७८ । स्कन्दन पुराणको हिमवत् खण्डमा उल्लेख भए अनुसार शिव स्वरुप बाबा गोरखनाथको उत्पत्ति भइ बाबा गोरखनाथको बाल्यकाल बितेको स्थान श्रीनाथकोटमा पहिलो पटक सवा-लाख रोट चढाउने कार्यको सुरुवात भएको छ ।

    आदिमकालदेखि नै शिव स्वरुप बाल गोरखनाथ अर्थात श्रीनाथ बाबा र शिव शक्ति स्वरुप मण्डली माताको पुजा आराधना भइरहेको श्रीनाथकोटलाई तत्कालिन राज्यले इष्ट देवताको रुपमा पुजा गर्ने गरेको पाइन्छ ।

    फोटो फाइल

    नेपालको एकीकरण अभियानमा तत्कालिन गोरखा राज्यको मुख्य सुरक्षा गढीको रुपमा रहेको सिरानचोककोट यहि दैबी शक्तिको कारण अभेद्य रहेको पौराणिक मान्यता रहेको छ भने ऐतिहासिक तथ्यहरु केलाउदा पनि चौबिसे राज्यहरुले सिरानचोकमा ४ पटकसम्म पराजय खेप्नु परेको तथ्यले पनि सो कुरा प्रमाणित गर्दछ ।

    यस ऐतिहासिक स्थलसंगै रहेको नाथ सम्प्रादयहरुको तपोभूमी जोगी गुफाले समेत माथिको मान्यतालाई प्रमाणित गर्दछ । उक्त जोगी गुफामा आज सम्म पनि करिब ३०० बर्ष अगाडी देखीको योग साधाना गर्ने गुफाहरु आज सम्म पनि भेटिन्छन । राष्ट्रिय विभुती बडाकाजी अमर सिंह थापा, उमाराव बाघ भिमिसह थापा र पृथ्वी नारायण शाहका वीर सेना झागल गुरुङ्गको जन्मस्थल समेत रहेको सिरानचोककोटमा रहेको श्रीनाथ मण्डली मन्दिरकै नामबाट नेपाली सेनाको पहिलो गणको रुपमा श्री श्रीनाथ गणको स्थापना भएको पाइन्छ ।

    अहिले उक्त ऐतिहासिक स्थलको संरक्षण र सम्बद्वन सिरानचोक गाउँपालिकाले गुरुयोजना बनाएर निर्माण कार्य अघि बढेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।

    बाबा गोरखनाथको उद्गम स्थलको वास्तविक पहिचान नहुदाँसम्म बाल गोरखनाथ अर्थात श्रीनाथ बाबालाई प्रत्यक १२ बर्षमा अनापा कार्यशैलीमा सवा-लाख रोट चढाउदै आइरहेको थियो । र यस वर्ष स्थान पहिचान भए पश्चात बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नित्य पुजा अन्तर्गत यस वर्ष समान्य रुपमा रोट चढाइएको श्री श्री गोरखक्षधाम सिद्धाश्रम केन्द्र गोरखा महासचिव दिनेश दानीले बताउनुभयो । त्यहाँ पनि सर्वसाधारण रोट चढाउने, पुजापाठ गर्ने कार्यक्रममा सहभागी छैनन् ।

    साधक साधिकाले नित्य पुजा अन्तर्गत बुधवारदेखि रोट चढाउन थालेका छन् । गोरखा दरबारमा जस्तै त्यहाँपनि ११ दिन सम्म रोट चढाईनेछ । ऐतिहासिक सिरानचोक कोट र गोरखा दरबारबीचको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्बन्धलाई बलियो बनाउन रोट महोत्सव सुरु गरिएको आयोजक केन्द्रले जनाएको छ। कोरोना प्रभावका कारण पहिलो पटकको रोट अर्पण कार्यक्रम समान्य रुपमा नित्य पुजा अन्तर्गत संचालन भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताउनु भयो ।

    फोटो फाइल

    गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिर र सिरानचोक गाउँपालिको श्रीनाथकोटमा सवा लाख रोट महोत्सव सुरु भएको छ । गोरखा दरबारमा १८ औँ र श्रीनाथकोटमा पहिलोपटक रोट अर्पण सुरु भएको हो । बुधवारदेखि सुरु भएको रोट अर्पण ११ दिन सम्म दुवै ठाउँमा चल्नेछ । गोरखा दरबारमा सिद्धाश्रम शक्तिकेन्द्र र श्रीनाथकोटमा श्री श्री गोरखक्षधाम सिद्धाश्रम केन्द्रले रोट अर्पण आयोजना गरेका हुन् ।

    राजा पृथ्वीनारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रुपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैशाख पूर्णीमादेखि ११ दिन सम्म रोट चढाउँदै आएको छ । ‘यस अघिको १६ औँ वर्षमा सर्वसाधारण भक्तजनले पनि रोट अर्पण गर्नुहुन्थ्यो,’ सिद्धाश्रम शक्ति केन्द्रका केन्द्रिय संयोजक अर्यालले भने ‘गत र यो वर्ष नित्य पुजा अन्तर्गत रोट चढाएर परम्परालाई निरन्तरता मात्रै दिएका छौं ।’

    फोटो फाइल

    गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पुजापाठ गरेर सयौं भक्तजनको उपस्थितीमा हुने रोट महोत्सव कोरोना प्रभाव र निषेधाज्ञाको असरले केही रौनक छैन। विगतका वर्षमा सदरमुकाम देखि रथ बोकेर गोरखनाथ मन्दिर लगिन्थ्यो । यस वर्ष कलश यात्रा, रथ यात्रा केही भएन। बिगतका वर्षमा २० हजार भन्दा बढिले रोट महोत्सव अवलोकन गरेको दावि केन्द्रको छ ।

    गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरै जसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ। बिभिन्न ५२ थरीका शक्तिवर्दक मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकमेल, दाख, चिनी, खुदो, नरिवल जस्ता मसला मिसाईन्छ। रोटलाई स–सना गोली बनाउँदै घिउमा पोल्ने गर्छन ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    three × four =