Monday, August 2, 2021
More

    लकडाउन डायरी र कोरोनाको कहर

    spot_img
    spot_img

    माधव बानियाँ

    सन १९९९ मा चीनको वुहान सहरबाट उत्पत्ति भएको मानिएको कोरोना भाइसर (कोभिड–१९) विश्वका करिब १०० भन्दा बढी देशमा फैलिसकेको मानिन्छ । २१ औं शताब्दीमा महामारीको रुपमा देखा परेको यो रोगले मुख्य रुपमा फोक्सोमा असर गरी स्वास प्रस्वासमा समस्या ल्याउनुको साथै मानिसको मृत्यु समेत गराउने र एक ब्यक्तिबाट अर्को ब्यक्तिमा स्वास प्रस्वासको माध्यमबाट सर्ने हुनाले त्यसबाट बच्न मुख, नाक छोप्नु, मास्कको प्रयोग गर्नुपर्ने साबुन पानि वा सेनिटाइजरको प्रयोग गर्नुपर्ने ध्ज्इ ले जनाएको छ ।

    कोरोनाको उपचार पद्धति वा औषधी ठोस रुपमा पत्ता नलागी सकेको वर्तमान अवस्थामा यो रोगबाट बच्न एकमात्र उपाय भनेको स्वास्थ्य चेतना वा सामाजिक दुरी कायम गर्नु, मास्कको प्रयोग गरी रोग सर्न र सर्नबाट बचाउनु र भीडभाड कम गरी मानिसमा सम्पर्क कम गराउने उद्देश्यले नेपाल जस्तो प्रष्ट दिशा निर्देश नभएको, दुर दृष्टि नेतृत्वको अभाव भएको मुलुकले लकडाउन (बन्दाबन्दी) को सरल उपाय अपनाए भने विकसित राष्ट्रले बन्दाबन्दी मात्रले समस्या समाधान नहुने र यस्तो बन्दाबन्दीले देश तथा मानिसको आर्थिक स्थितिमा निकै ठूलो असर पर्छ भनी बन्दाबन्दीको विकल्पमा अन्य धेरै प्रकारको विकल्प अपनाएको देखिन्छ ।

    कोरोनाको वर्तमान समयमा यसबाट बच्ने एउटा मात्र उपाय भनेको कोभिडको खोप नै हो । जवसम्म सम्पूर्ण तीन करोड नेपालीले यो खोप प्राप्त गर्न सक्दैनन् तवसम्म यसबाट मुक्ति पाउन सक्ने देखिदैंन । खोप पूर्ण रुपमा रोकथाम नभएपनि ९०% यसको प्रभावकारीता रहेको WHO को आंकलन भएकोले नेपाल सरकारले यसतर्फ पाइला चाल्नु र सम्पूर्ण नेपालीहरुले चाँडोभन्दा चाँडो खोप प्राप्त गर्नु नै सरकारको जनताप्रतिको प्रमुख दायित्व हो । वर्तमान समयमा विदेशी अनुदानको मात्र भर नपरी नेपालले खोप खरिद गरी जनतामा पु्याउनु पर्दछ । सरकार जनताको अभिभावक भएकोले जनतामा अभिभावकत्व महसुस हुने वातावरण यस अवस्थामा प्याउनु पर्दछ । तर खोप खरिद प्रक्रियामा कमिसनको चर्चा यत्रतत्र सुनिन थालेको छ । सरकार भनेको सचेत मानिएको ब्यक्तिहरुको समूह हो । तर सचेत ब्यक्तिहरु नै भष्ट भएपछि सरकारसँग जनताले के अपेक्षा गर्नु अनि कसरी विश्वास गर्नु । सरकार भनेको जनताको अभिभावकको साथै उसले अरुलाई पनि काम गर्न सहज बनाइदिनु पर्छ ।

    लकडाउनको यो समयमा सबै क्षेत्रमा असर परेको भएतापनि प्रत्यक्ष रुपमा असर परेको क्षेत्र पर्यटन र यातायात रहेको छ । अन्य ब्यवसाय नेपाल देश भित्र निर्भरता हुने भएतापनि पर्यटन विशेषगरी विदेशी र स्वदेशी पर्यटकलाई पनि यातायातको साधनको आवश्यकता रहेको हुनाले यातायातको ब्यवस्था बन्दाबन्दीको समयमा पूर्ण रुपमा बन्द भएकोले यसमा निर्भर रहेका कामदार र ब्यवसायीको लगानीलाई ठूलो मर्का परेको देखिन्छ । तर सरकारले ब्यवसायीको लागि केही राहतको प्याकेजको ब्यवस्था गरेको भएतापनि त्यस क्षेत्रमा कार्यरत मजदुर र कामदारहरुको लागि कुनै पनि सहायता प्रदान नगरिएको हुनाले उनीहरुलाई ठूलो असर परेको छ । पर्यटन ब्यवसायमा भनिन्छ एकजना विदेशी पर्यटक आउँदा ९ जनाले रोजगारी पाउँछन् । यो तथ्याङ्कबाट पनि प्रष्ट हुन्छ कि पर्यटन ब्यवसायमा आश्रीतहरुको जीवन कति कठिन अवस्थाबाट गुज्रिरहेको छ ।

    कोरोना वा जस्तोसुकै अवस्थामा पनि जनताले सरकारलाई कर तिरीरहेका छन् । दक्षिण एशियामा नेपालको करको दर सबैभन्दा बढी रहेको यथार्थ हामी सामु छ । आपूmले तिरेको कर मेरो लागि हो, मैले तिरेको करबाट सरकारले मेरो सुरक्षा लगायत देशका विकासमा प्रयोग गर्छ भन्ने भावना आम नेपालीमा छैन । कर दवावले भन्दा पनि स्वच्छाले तिर्नु पर्छ भन्ने भावना सरकार वा नेतृत्व कर्ताले जनतामा जगाउन सकेका छैनन् । सरकार के को लागि ? सरकार जनताको अभिभावक हो वा सरकार भनेको आप्mनो स्वार्थ पूरा गर्ने, आपूm सुख सुविधा लिने, जनताबाट कर असुल्ने र आप्mना नातागोता आसपासे कार्यकर्ता आदिलाई मात्र सरकार भएको अनुभुती यस कोरोनाको कहरमा जनतामा पर्न गएको देखिन्छ । पूर्व तयारी विना २०७७ साल चैत ११ गते सरकारले पहिलो पल्ट गरेको लकडाउनको कारणले मानिसको रोजीरोटी गुमे पश्चात यातायातको साधनको अभावले आप्mनो गन्तव्य सम्म पुग्न केटाकेटी देखि लिएर ज्येष्ठ नागरिकको परिवार अनेकौं दुःख कष्टसाथ आफ्नो गाउँ फर्केको ताँती सडकमा देखियो । एकातिर रोजगारी गुमेको अवस्था अर्कोतिर कोरोनाको कारणले आफु र परिवार सुरक्षित रहन चिन्तित सर्वसाधारण नागरिकलाई सरकारको अनुभुती भएको देखिन्न । विविध कारणले गाउँ फर्किन नसकेका मजदुरलाई स्थानीय निकायहरुले आफ्नो स्थानीय ब्यक्ति वा मतदाता नभएकोले खासै वास्ता गरेको देखिएन तर केही मनकारी ब्यक्ति वा संघ संस्थाहरुले उनीहरुलाई खानाको व्यवस्था गरी अत्यन्त उदाहरणीय काम गरेको पाइयो । नेताहरु वा जनप्रतिनिधिहरु निर्वानचको बेलामा दश औला जोडेर मत माग्न आउने तर आप्mनो काम फत्ते भएपछि कुनै वास्ता गर्दैनन भन्ने आम सर्वसाधारणको धारणा सही सावित भएको देखियो ।

    बन्दाबन्दी लामो समय लम्बिदै जाँदा मान्छेको जीवन झन झन कष्टकर हँुदैं गयो तर उच्च पदमा रहेका सरकारी कर्मचारी, संस्थाका कर्मचारी वा सांसद सत्तामा रहेका नेताहरुले पाउने सुख सुविधामा कुनै कटौती भएन । देखावटी रुपमा केवल २÷४ दिनको तलव कटाएर सरकारी राहत कोषमा जम्मा गर्ने सदाको झैं नाटक मन्चन गरियो । विद्यालयमा पठन पाठन बन्द भएको कारण निजी विद्यालय र त्यहाँ कार्यरत कर्मचारी, शिक्षक पनि ठूलो मारमा परे । सरकारले निजी विद्यालयलाई प्रदान गर्न भनिएको आर्थिक ऋण सहुलियत उखान टुक्का झैं हुन पुग्यो । न त निजी संचालकहरुले राहत पाए, न त निजी शिक्षक कर्मचारीले तलव प्राप्त गर्न सके तर जनताको करबाट तलव खाने कर्मचारीहरुले सरकारी हन्डी भने निर्धक्कसँग लतारेको लतारै गरे । उनीहरुमा अलिकति पनि मानवीय भावना र सरम भने देखिएन ।

    कोरोनाकालको हालसम्मको एकवर्षको समयावधीमा नेपालको राजनीति निकै रोचक, घोचक र संकटपूर्ण अवस्थावाट गुज्रिरहेको छ । नेपालको सरकार नेकपा एमालेले सरकारमा परिणत हुन पुगेको छ । नेकपा एमाले पनि सैदान्तिक रुपमा मात्र सिँगो एमाले देखिएको छ । व्यवहार एमालेको अव नेकपा (ओली) र नेकपा (नेपाल) भएको देखिन्छ । लामो समयको संसदिय अंक गणितमा बहुमतको संसदीय स्थिरता कायम भएको र विगतमा जस्तो सांसद किनबेच, सुरा सुन्दरी जस्ता संसदीय प्रणालीमा घृणित जोड घटाऊ अव नेकपाको झण्डै दुई तिहाई सरकारबाट नहुने जनताको अपेक्षा भरोसा पार्टि भित्रको सत्ताको लुछा चुँडी एकले अर्कोलाई सिध्याउने भित्री खेल र दोस्रो तहमा भनिएका नेताहरुको ब्यक्तिगत महत्वाकांक्षा आदि कारणले शासनमा स्थिरता र सुसासन कायम गर्न नसकी जुनसुकै पार्टि आएपनि यस्तै त रहेछ भन्ने जनमानसमा छाप पर्न गएको छ ।

    ‘मेरो गारुको बाह्यै टक्का’ भन्ने नेपाली उखान सबै भन्दा बढी चरितार्थ हुने क्षेत्र हो नेपालको राजनैतिक क्षेत्र । यदि शक्तिमा हुनेले ‘म’ मात्र भन्ने भावनको सोच त्यागेर हामी भन्ने सोच नजगाए सम्म राजनीति हिन्दी फिल्मको राजनीति चलचित्र झैं रहने छ । यसको पछिल्लो उदाहरण नेपाली राजनीतिमा खड्ग प्रसाद ओली रहेका छन । नेकपा माओवादी केन्द्रसँग पार्टि एकिकरणमा गरिएको संझौताको पालन नभएको र सम्पूर्ण पार्टि मै हँु भन्ने भावना नै नेकपाको विखण्डन भएको आरोप सहकर्मीले लगाएका छन । राजनीति भनेकै बक्ररेखा हो भने झैं नेपालको राजनीतिमा यस्ता धेरै बक्ररेखा तयार गर्न माहिर खेलाडीको रुपमा खड्ग प्रसाद देखिए । हुँदाखाँदाको बहुमतको पार्टिलाई विखण्डन र कोरोनाको यस्तो महामारीको बिचमा पनि २ वर्ष समय बाँकी हुँदैं संसद विघटन गरी नयाँँ निर्वाचनको घोषणा गरियो । पार्टि भित्रको विवादले ५ पौष २०७७ मा ओलीले प्रतिनीधि सभा विघटनको कार्यलाई सर्वोच्च अदालतले असंबैधानिक ठहर गरिदियो । यसपछि एकएक गर्दै उनी पछि पर्दै जान थाले तर पनि सत्ताको बहिर गमनबाट बाहिर आउने उनको कुनै छाँटकाँट देखिएको छैन ।

    हामीले जीवनमा कति कुराको कल्पना गर्छौं तर ती सबै साकार हुदैंनन । कति कुराको भने कल्पना गर्न जाँगर गर्दैनौं तर तिनै कुरा जव वर्तमानमा यथार्थ भइदिन्छन त्यसले चकित बनाउँछ । तपाई जीवनमा अलिकति मार्ग प्रगति गर्नुस शत्रु खोज्न कहिँ जानु पर्दैन भन्ने हाम्रो आफन्त वा समाजसँग बढी सम्बन्धीत रहेको पाइन्छ । हामी समाजमा परिवार आफन्त चाहिन्छ भन्छौं तर साँचो अर्थमा भन्ने हो भने आप्mना शब्दमा मात्र सार्थक छ । ब्यवहारमा कतिपय अवस्थामा होइन । कतिपय आफन्त साँच्चै सहयोगी र सहहृदयी हुन्छन भने धेरै जसो आफन्त केवल औपचारिकता मात्र निभाइरहेका हुन्छन । उनीहरुमा भित्री मनमा एक प्रकारको कुण्ठा, इश्र्या र प्रतिशोधले भरिएको हुन्छ । त्यो प्रतिशोध जव तपाईलाई जीवनमा अप्ठरो अवस्था आइपर्छ अनि लोकाकारको लागि ती ब्यक्तिहरुले सहानुभुती देखाएपनि ती भित्र भित्र रमाइरहेका हुन्छन । तिनले मौका पाउनासाथ विषालु सर्प झैं प्रत्यक्ष विष फाल्दैन तपाईलाई तिनले दिन प्रतिदिन थोरै थोरै विष वा तपाईको आप्mनो कुण्ठा, इश्र्या र प्रतिशोध साँधेर आत्मप्रेरित हुन पुग्छन ।

    हामीले भन्ने गरेको आपूm बसेको ठाउँमा आफ्नो आफन्त आवश्यक पर्दछ तर वास्तवमा भन्ने हो भने केवल रगतको नाताले मात्र नाता कायम हुदैंन । रगतको नाताको सम्बन्ध त्यो त भावना र संस्कृति कायम गर्नको लागि बाध्यात्मक परिस्थिति मात्र हो । विचारले सहयोगले हामी आप्mनो टोल, छिमेक र समाजलाई आप्mनो बनाउन सक्छौं । आफन्तको परिभाषा केवल रगतको मात्र हुनु हुदैंन हुनेले नहुनेलाई वा आपूmले गर्न सकेको सहयोग जो जसलाई पनि हामी गर्न सक्छौं । त्यसको लागि कुनै खास जात, धर्म, लिङ्ग वा वर्णको आवश्यकता पर्दैन । हामीले आफ्नो धरातललाई नर्बिसिन वर्तमानलाई आत्मसात गरेर चिन्तन गर्न सक्नु पर्दछ ।

    तव मात्र हामीले खोजेको लक्ष्य प्राप्त गर्न सक्छौं । हामीले सम्बन्ध बनाउनु मात्र ठूलो कुरा होइन बनेको सम्बन्धलाई कायम राख्नु ठुलो कुरा हो । जीवनमा दुःख सुख त आइरहन्छ दुःख भयो भन्दैमा त्यसै चित्त दुखाएर बस्नु बुद्धिमान पनि त होइन । दुःख र समस्यालाई समाधान गर्न सक्नु नै दुःखबाट छुट्कारा पाउनु हो । हामीमा रहेको जिम्मेवारी बोधले मानिसलाई इमान्दार बन्न सिकाउँछ । आप्mनो मात्र होइन अरुबारे पनि सोच्न सिकाउँछ । जीवनमा ठूलो मात्र होइन असल मान्छे बन्न सिकाउँछ । जबसम्म हाम्रो समष्टीगत सोचाई नै साँघुरो रहन्छ तवसम्म हामीले त्यो भन्दा फैलिएर काम गर्न सक्दैनौं । कोरोनाको यस्तो कहरको बेलामा नेपाली उखान ‘म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ भने झैं जनता सरकारबाट कोरोनाको खोप चाँडो भन्दा चाँडो प्राप्त गर्न सकियोस र आप्mनो जनजीवनलाई सहज बनाउन सकियोस भन्ने अपेक्षा राखेको बेलामा नेपालमा भने प्रधानमन्त्री खड्ग प्रसाद र राष्ट्रपति बीचमा घोचोे मोचो मिलाउँदैं र राजनीतिलाई विगतको वर्षहरुको विहारी राजनीति बनाइरहेका छन । हुँदाखाँदाको संसदलाई विघटन गरेर करिब ८ अर्व खर्च हुने निर्वाचनलाई ताजा जनादेशको नाममा नयाँ भड्खालोमा हाल्न उद्धृत भइरहेका छन । खोपको लागि दायाँ बाँया हात हात थााप्ने नेपाल सरकार र राष्ट्रप्रमुख जनतालाई खोप उपलब्ध गराउन भिख माग्दैछन । नेपालीमा लाजको पसारो भने झैं तिनीहरुलाई यो पसारोको कुनै मतलव देखिदैंन । सत्ता र शक्तिलाई दुवैले आफ्नो पूर्खाको आर्जित झैं ठानेर देशको संविधान नियम कानुनलाई धज्जी उडाइरहेका छन । उनीहरुलाई आय आर्जन गर्न मूख्य लक्ष्य बनेको छ ।

    प्रजातन्त्रमा सरकारको विरोध स्वभाविक प्रक्रिया हुने भएतापनि देशको संविधान र कानुनको उलङ्घनको आरोपमा दशवटा भन्दा बढी निवेदन सर्वोच्च अदालतमा प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा पर्नु नेपालकै इतिहासमा नौलो एतिहासिकता बन्न पुगेको छ । वर्तमान राजनीतिको अस्थिरताको एकमात्र कारक पात्र रहेका प्रधानमन्त्री खड्ग प्रसाद उनी आपैंm संकट सिर्जना गर्छन, त्यसमा खेल्छन र रमाउँछन । लोकले के भन्ला र परम्परा विचार धाराले के भन्ला भनेमा उनलाई कुनै चिन्ता छैन अनि उनका नजिक भएकाहरु यो गलत यो सही भन्ने प्रश्न गर्ने हिम्मत गर्दैनन । आप्mना असमतिहरु ब्यक्त गर्न नसक्ने प्रधानमन्त्रीले जे भन्छन त्यसमा हुन्छ हजुर भनेर नजिकको समर्थक हुने र सत्ताको स्वाद के कसरी फाइदा लिन सकिन्छ भन्नेमा नै आप्mनो उपलब्धी ठान्ने प्रवृत्ति रहेको छ । यो नाटक के कसरी अन्त्यक्ष हुने हो पर्खनु बाहेक अरु विकल्प देखिदैंन ।

    २०७८ साल साउन ३ गते आइतबार ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    twenty − 16 =