काठमाडौं, मंगलबार, २३ बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा आज छैठौ चरणको राहत वितरण सम्पन्न गरेको छ ।

बीस परिवारलाई राहत वितरण

का म पा वडा नम्बर – ६ का वडा सदस्य जयराम पुडासैनीको रोहबरमा शान्तिनगरमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले लकडाउनका कारण कष्टकर जीवन निर्वाह गरिरहेका २० परिवारलाई राहत वितरण गरेको हो ।

बीस परिवारलाई राहत वितरण

अहिलेको जटिल परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस भनेर संस्थाले अभियान सुरु गरेको संस्थाका अध्यक्ष सीमा पुरीले बताउनुभयो । आज हामी राहत वितरण अभियान अन्तर्गत छैठौ चरणमा आइपुगेका छौ‘, हुँदा खाने र हुने खानेबीच रहेको असमानतालाई थोरै भएपनि कम गर्न सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सज्जन महिला साकोसको टिमले अभियान सुरु गरेका हौ,’ उहाँले भन्नुभयो ।

बीस परिवारलाई राहत वितरण

राहत वितरण गर्नका लागि संस्थाको शिक्षा समिति संयोजक प्रतिमा निरौलाले ७ बोरा चामल, संस्थाको सदस्य निशा निरौलाले नगद पाच हजार पाच रुपैयाँ, सदस्य गिता नेपालले २५ किलो काउली- ५ किलो गोलभेडा- १ किलो खुर्सानी सहयोग गर्नु भएको थियो ।

साकोसद्वारा बीस परिवारलाई राहत

साथै, सदस्य कामना ढुंगानालेबाट २० पाकेट मस्यौरा, लक्ष्मी आचार्यले १५ पाकेट नुन र ॐ शान्तिको तर्फबाट ३ पाकेट नुन सहयोग गर्नु भएको थियो ।

बीस परिवारलाई राहत वितरण

संस्थाकी अध्यक्ष सीमा पुरी, लेखा समिति सयोजक शोभा खरेल, ब्यबस्थापन नगीना सिह भण्डारीले राहत वितरण गर्नका लागि सहजीकरण गर्नुभएको थियो ।

बीस परिवारका लागि सामाग्री प्याकेट बनाउने र बितरण गर्नका लागि लक्ष्मी मगर, पद्मा पुरी, बबिता बस्नेत, गिता खतिवडा, रमिला लामिछानेले सहयोग गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here