पोखरा, मनोहरी पाैडेल, २ असोज २०७७ । नेपालीहरूको महान पर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा बिषेश छुट दिइने भएको छ ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा पनि गुणस्तरीय सामान बेच्ने उदेश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा १० देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताउनु भयो । खत्रीका अनुसार आउँदै गरेको नेपालीहरूको महान पर्व विजयादशमी तथा दिपावलीको उपल्यक्षमा ग्राहकहरूको सुविधाको लागि बुद्ध विशाल बजार अबदेखि शनिवार पनि खुला गरिने बताउनु भयो ।

साथै, विश्वभरि नै महामारिको रुपमा देखिएको कोरना भाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोना भाइरसको प्रकोप प्रति सचेत हुदै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले विशाल बजारको मुख्य गेटमा हात धुने ब्यवस्था, ज्वरो नाप्ने ब्यवस्था, माक्स लगाउने व्यवस्था, सेनेटाइजर लगाउने व्यवस्था गर्नुको साथै सम्पुर्ण ब्यवसायीहरुले सामाजिक दुरीको साथ पसल संचालन गरीएको हुदाँ सम्पुर्ण ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न अध्यक्ष खत्रीले आग्रह समेत गर्नुभयो ।

उपहार पहिले पहिले नगद १० देखी २५ प्रतिशत छुट अहिले भन्ने नाराका साथ बुद्ध विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइएको बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव खत्रीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here