February 24, 2024
इतिहास

बेलायती सेनामा लाहुरे संस्कृतिको शुरुवात

सुनिल उलक

काठमाडौँ, आइतबार, २९ पौष २०८० । बिदेशी सेनाको लागी नेपालीहरुले भर्ति हुन बलभद्र कुँवरले शुरुवात गरेका थिए । सुगौली सन्धि पछि रुष्ट भएका बलभद्र कुँवर बि.सं. १८७६ मा पञ्जाव केशरी रञ्जित सिंहको सेनामा भर्ति हुन लाहोर पुगेका थिए ।

त्यति बेला उनको साथमा अन्यलाई पनि लगेका थिए । उनलाई त्यहा शुरु गरिएको नयाँ रेजिमेन्टको कमाण्डर बनाइएको थियो । उनलाई निकै आकर्षक तलव दिएर लोभ्याइएको थियो । त्यो बेला उनले दैनिक १० रुपैया पाँउथे । उनको कार्य क्षेत्र लाहोर थियो । जसले गर्दा लाहुरे शब्दको शुरुवात भयो ।

त्यतिबेला सेनामा भर्ति हुन लाहोर जाने भनिन्थ्यो । जसले गर्दा त्यहा जाने लाहुरे भए । सिख राजा हिन्दु हुँदा नेपालीलाई सहज थियो । तर केही नेपाली मुस्लिम कमाण्डरको अधिनमा भर्ति भएका थिए । मुस्लिम कमाण्डरलाई मुग्लाने भनिन्थ्यो । तसर्थ मुग्लान जाने शब्द बन्न गयो । नेपालबाट भारत पस्नेहरुले या त लाहुर जाने भन्थे वा मुग्लान जाने भन्थे । सिख अफगान युद्धमा १८७९ चैत्र ३ गते बलभद्रको निधन भयो ।

१८७१ कार्तिकमा शुरु भएको नेपाल अंग्रेज युद्धको बिच गोर्खाली सैनिकको रुपमा भर्ति भएका गढवाली तथा पहाडीहरुले बिद्रोह गरेर भगुवा सैनिकको रुपमा अंग्रेजसंग मिल्न पुगे । जसले गर्दा नेपाललाई निकै क्षति पुग्यो । यहि सैनिकहरुलाई समाहित गरेर अंग्रेजले फस्ट गोर्खा राइफल गठन गरे । यसरी शुरु भएको गोर्खा रेजिमेन्ट १९७१ सम्म आइपुग्दा १० वटा पुगिसकेको थियो ।
पहिलो विश्व युद्धको समाप्ति पछि बाँचेर छुट्टीमा आएका (लाहुरे) सैनिकहरुले आफुले लुटेका सामान तथा परिवारको लागी किनेर ल्याएका सामानको साथ केही नौलो ज्ञान तथा अन्य सामग्री पनि लिएर आए । बिभिन्न देश पुगेर आएका उनिहरुले नयाँ ज्ञान सिकेर आएका थिए भने खल्ति भरि पैसा पनि लिएर आएका थिए ।

उनिहरुको आगमन संगै नेपालीले ब्लेडले दाह्री काट्न सिके । उनिहरुले रमाइलोको लागी बोकेर ल्याएको तास बिस्तारै यहाँ जुवाको रुपमा प्रयोग भयो । यिनीहरुले साथमा ल्याएको साबुनले नेपालीले नुहाउन जाने । यस अगाडी एक प्रकारको माटो वा खरानीले नुहाउने गरिन्थ्यो । चुरोटको नसा यहि लाहुरेको साथ प्रबेश गर्यो । चियाको बिकास गाँउ गाँउमा भयो । रक्सीको लागी भट्टी पसल खुले ।
पहिलो विश्व युद्धमा अंग्रेज सेनामा रहेका ६० हजार, तत्कालै अस्थाइ भर्ना गरेका ४० हजार तथा नेपाल सरकारले पठाएका १६५४४ सैनिकले लडेका थिए । यस बापत नेपाल सरकारले त्यति बेला १० लाख पाउण्ड वार्षिक सहयोग पाएका थिए । यहि पैसाले नै नेपालमा चन्द्रशम्शेरले देशमा थुप्रै बिकासको योजनाहरु पुरा गरेका थिए ।

अंग्रेज सेनामा रहेका सैनिकहरु एकै चोटी ठूलो संख्यामा देशमा फर्कदा देशको आर्थिक अवस्था एकैचोटि बदलिएको अनुभूति गरे । तर अर्को तर्फ करिव २० हजार सैनिकको मृत्यु भयो भने कैयौ अंगभंग भएर देश फर्किए ।

आठौ गोर्खा राइफलका तीन जवानहरुको तस्विर हो यो । बिचमा र बायाँ दुइ जना हवल्दार देखिन्छ भने दायाँ तर्फ एक सिपाही उभिएको देख्न सकिन्छ । The Navy & Army Illustrated पत्रिकाको जुलाइ २४, १८९६ को अंकमा छापिएको यो तस्विरमा देखिएका गोर्खालीहरुमा गहिरो हरियो पोशाकमा बिचमा रहेको गोर्खाली हवल्दार ड्रिल कमाण्डमा छन् भन् बायाँ तर्फ देखिएको केही होचो कदको हवल्दार मार्चिङ कमाण्डको हवल्दार हुन ।

साथै दायाँ तर्फ भने एक सिपाही देख्न सकिन्छ । बिचमा रहेको हवल्दारको हरियो किल्मरनाक टोपीमा ४४ को बैज देख्न सकिन्छ । साथै तीनै जवानहरु मार्टिनी हेनरी राइफल बोकेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *