मिलन गुरुङ

फुले पनि बेखुस छन,
बोस्टन कमनका लहरे फुलहरु |

हिजो आज सुनसान छन्
बोस्टनका सडकहरु
छैन ट्राफिक जाम कतै
दौडिरहेका छन एम्बुलेन्सहरु ।

थन्किएका छन्
धेरै गाडीहरु सबै घरै
पेट्रोलको भाउ घटेको छ
हिजो आज सस्तो छ पानीजस्तै ।

बन्द छन् सबै
बिधालय अनि चर्चहरु
अनलाइन कक्षा लिइरहेका छन
विद्यार्थी नानी बाबुहरु ।

बन्द छन् धेरै
कल कारखानाहरु
गरेका छन् काम
बसेर आफ्नै घर बाटै ।

बिना कसुर….
थुनिएका छन् मान्छेहरु
घर भित्रै खुम्चिएका छन्
संसार डुल्ने अमेरिकिहरु ।

मात्र खुलेका छन्
औषधी पसल ग्रोसरी
अनि रक्सिका पसलहरु
बन्द छन् डिस्को र क्लबका ढोकाहरु ।

फुले पनि बेखुस छन्
बोस्टन कमनका लहरे फुलहरु
न बिहे गर्न आएका छन् जोडीहरु
न त् आएका छन सेल्फी खिच्ने मान्छेहरु ।

सैनिक बनेका छन
अस्पतालका डाक्टर अनि नर्सहरु
स्वयम् सेबक बनेका छन्
युद्धमा लड्ने प्रहरी अनि सैनिकहरु ।

छैन शान्ति छैन
हिजो आज अमेरिकामा
लाग्छ छ युद्ध मैदानजस्तो
युद्धभुमी इराक अनि सिरियाजस्तै ।

समय बित्दैछ….
हिजो कति, आज कति भन्दै
हरेक दिन संक्रमित हुनेहरु
अनि मृत्‍युहुनेहरुको संख्या गन्दै ।

२०७७ साल बैशाख १४ गते आइतबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here