काठमाडौं, बुधबार, ३१ बैशाख २०७७ । कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान शिल गरिएको छ ।

भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ । संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

हिजो मंगलबार गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उहाहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here