काठमाडौँ, शुक्रबार, ५ भाद्र २०७७ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

त्यसका लागि उडान तालिका पर्यटन मन्त्रालयले प्रकाशित गर्नेछ। यात्रुहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च भने सम्बन्धित एयरलाइन्सले व्यहोर्नुपर्छ ।

बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे ।

तर, कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइने छैन । त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here