काठमाडौं, सोमबार, ५ साउन २०७७ । सरकारले भदौ १ गतेदेखि आन्तरिक उडान गर्ने भएको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक उडान सुरू गर्ने निर्णय गरेको हो ।

आन्तरिक उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार पार्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मा दिएको छ । बाह्य उडान सम्बन्धी भने कुनै निर्णय भएको छैन ।

त्यसैगरी, हरि बस्याललाई सञ्चार सचिवमा सरुवा गरिएको छ । बस्याल यसअघि गण्डकी प्रदेशका सचिव थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here