काठमाडौं, आइतबार, ३२ साउन २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार विहान सम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको हो । भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ९ सय ८६ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या २५ लाख ८९ हजार २ सय ८ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १८ लाख ६० हजार ६ सय ७२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७८ हजार ४ सय ५२ जनाको उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here