Friday, January 22, 2021
More

    भारतमा कोरोना संक्रमितको संख्या एक करोड दुई लाख ६६ हजारभन्दा बढी

    एजेन्सी, बिहिबार, १६ पुस २०७७ । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड दुई लाख ६६ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २१ हजार ८ सय २२ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख ६६ हजार ६ सय ७४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २ सय ९९ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४८ हजार ७ सय ३८ जना पुगेको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा ९८ लाख ६० हजार २८० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ५७ हजार ६ सय ६५ सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा मात्र कोरोना सङ्क्रमित २१ हजार ४३० जना कोरोना मुक्त भएका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा बुधबार ६ सय ७७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २१ जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबारसम्म देशभर १७ करोड २० लाख १८ हजार ४९ को हाराहारीमा नमूना परीक्षण गरेको जनाएको छ ।

    भारतमा बुधबार एकै दिनमा ११ लाख २७ हजार २४४ जनाको कोरोना भाइरस नमूना परीक्षण भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड-१९ को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका थिए ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here