February 24, 2024
अन्तराष्ट्रिय समाचार

भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर

नयाँदिल्ली, सोमबार, २ पौष २०८० । भारत र ओमानबीच आर्थिक अपराधविरुद्धको सम्झौतामा हस्ताक्षर भएको छ ।

ओमानका सुल्तान हैथम बिन तारिक अलको राजकीय भ्रमणका क्रममा शनिबार भारत र ओमानले संस्कृति, सूचना प्रविधि (आईटी) र वित्तीय अपराधविरुद्ध लड्ने विभिन्न क्षेत्रमा पारस्परिक सहयोगका निम्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

भारत भ्रमणमा रहनुभएका सुल्तानले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा दुई नेताबीच आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

द्विपक्षीय वार्तापछि दुई नेताबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ ।

दुवै पक्षले ओमान-भारत संयुक्त लगानी कोषको ३०० मिलियन अमेरिकी डलरको तेस्रो किस्ताको घोषणा गरेका छन् । सो कोष भारतीय अर्थतन्त्रको द्रुत वृद्धि हुने क्षेत्रमा लगानीलाई अगाडि बढाउन प्रयोग गरिनेछ । ओमानका सुल्तान तारिक शुक्रबार दिल्ली आइपुग्नुभएको थियो । रासस/सिन्हृवा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *