काठमाडौँ, बुधबार, १० असार २०७७ । भिमकला गुरुङ र टिका गुरुङको संयुक्त प्रस्तुतिमा मौलिक कौडा\चुट्का “गोरखा बजार” को भिडियो सार्बजनिक गरिएको छ ।

मौलिक कौडा\चुट्का “गोरखा बजार ” गीतमा भिमकला गुरुङ, टिका गुरुङ, कृष्ण गुरुङ, बल ब गुरुङ, बिर बहादुर गुरुङ र राज कुमार गुरुङको सुमधुर आवाज रहेको छ ।

उक्त सुमघुर गीतमा लय कृष्ण गुरुङ र भिमकला गुरुङको रहेको छ भने शब्द टिका गुरुङको रहेको छ ।

पछिल्लो समय कला, सस्कृतिको प्रवदन, सरक्षणका लागि मौलिक कौडा चुट्का “गोरखा बजार” गीत दर्शक, स्रोताका माझमा लिएर आउनु भएको हो ।

दिप गुरुङको निर्देशन, सुजन शाहीको सम्पादन, मधुर बस्नेत र विजय लामाको छायांकन रहेको उक्त “गोरखा बजार ” को म्यूजिक भिडियोलाई पश्चिमाञ्चल साँस्कृतिक केन्द्रले दृश्य निर्माण गरेको हो । भिमकला गुरुङको युटुब बाट उक्त भिडियो सार्बजनिक गरिएको छ ।

भिडियो हेर्नका लागि तलको लिंक थिच्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here