गोरखा, बुधबार, २८ जेठ २०७७ । गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना पुष्टि भएको छ ।

एक महिला र तीजना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

उहाँहरु चार जना भीमसेन थापा गाउँपालिका ६ अश्राङका बिभिन्न क्वारेण्टाइनका रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।

यो संगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । यसअघि गण्डकी गाउँपालिकाका नौ र पालुङ्टार नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here