काठमाडौं, बुधबार, २४ भाद्र २०७७ । काठमाडौं उपत्यकामा भोलीदेखि जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ ।

आज बुधबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

निर्णयअनुसार बिहीबारदेखि निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिइने छ । १६ सिटभन्दा माथिका सवारीसाधन चल्छन् । तर, माइक्रो बस, टेम्पो चल्दैनन् । ट्याक्सीलाई भने रोक लगाइएको छैन ।

तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्‍जन स्थल भने बन्द नै रहने छन् ।

साथै, भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न प्रतिबन्ध नै लगाइएको छ ।

भदौ ३ गतेदेखि सुरु भएको उपत्यकाको निषेधाज्ञा बुधबार राति सकिँदैछ ।

यस्तो छ काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको नयाँ व्यवस्था

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here