गोरखा, शनिबार, १३ भाद्र २०७७ । सोमबारबाट नाका कडाई गरी गोरखामा लकडाउन खोल्ने तयारी भईरहेको छ । भदौ १ र ७ गते गरी दुई चरणमा थपिएको निषेधाज्ञाको समय गोरखामा भदौ १४ अर्थात भोली (आइतबार) राति १२ बजेबाट सकिँदैछ । समुदायमा कोरोनाको जोखिम फैलिएको आशंकामा जिल्ला भित्र गरिएको निषेधाज्ञा १५ गतेबाट खोल्ने तयारी सरोकारवालाहरुको छ ।

सुरक्षा समिति सदस्य, स्थानीय तहका प्रमुख, ब्यापारी, ब्यवसायी, सबै जिल्ला भित्रको आन्तरिक बजार, यातायात, बैंक तथा बित्तिय संस्था खोलेर नाकालाई अझै कडाई गर्ने तयारीमा छन् ।

‘नगर तथा गाउँपालिकाका प्रमुखसँग छलफल गर्दैछु’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भन्नुभयो ‘नाकामा अझै कडाई गरेर सर्वसाधारणको आवश्यकतालाई पनि ध्यान दिँदै अघि बढ्नुपर्छ भन्ने योजनामा छौँ ।’ उहाँले भन्नुभयो ।

गोरखा भित्रने मझुवा, पालुङटार, आरुघाट, गण्डकी र शहिदलखनको नाकालाई अझै कडाई गर्ने तयारी छ । भोली आइतबार जिल्ला स्तरीय सिसिएमसीको बैठकले निषेधाज्ञाको बारेमा निर्णय लिने उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here