माधव बानियाँ

जिन्दगीको के भरोसा यो त सानो खेलौना हो दुई आँखामा ………।

कर्णदासको यो कर्णप्रिय गीत मानिसको जीवनमा कतिको महत्वपूर्ण छ भन्ने कुरा आजको २१ औं शताब्दीमा जहाँ मानिसले जीउनको लागि वा आफ्नो पहिचान कायम गर्नको लागि कति धेरै सघर्ष गर्नुपदर्छ । जीवन रहे त सबथोक छ, नरहे केवल मान्छेको सम्झना मात्र त जिबित छ । त्यस्तो सम्झना घरपरिवारकोे लागि आर्थिक पाटोसँग जोडिएकोले महत्वपूर्ण हुन्छ । मानिस अरु प्राणी भन्दा केही फरक यस अर्थमा छ की उसमा चेतनको बिकास ज्यादा भएकोले पारिवारिक वा सामाजिक दायित्व पनि रहेको हुन्छ । बिज्ञान र चेतनाको प्रगतिबाट कहिल्यै सन्तुष्ट नहुने प्राणी मान्छे आफू र परिवारलाई धेरै भन्दा धेरै महत्व दिएर एक अर्थमा स्वार्थी पनि रहेको पाइन्छ । यो स्वार्थ पूरा गर्न एक सहज माध्यम बिमा हुन गएको छ ।

नेपालमा बिमा ब्यवसायको इतिहासलाई फर्केर हेर्दा बि. सं २००४ सालमा नेपाल बैंक लि. को स्थापना भएपछि बिमाको अबधारणाको सुरुवात भएको मानिन्छ । बि.सं. २००४ सालमा नेपाल माल चलानी तथा बिमा कम्पनी लि.को स्थापना गरी बिमाको कार्य प्रारम्भ गरेको पाइन्छ । यद्यपी जीवन बिमाको रुपमा कार्य गर्न भने बि.सं २०३४ सालमा बिमा संस्थानको स्थापना भयो । त्यस भन्दा पूर्वको बखत नेपालमा जीवन बिमा कम्पनी खुलेका थिएनन् । भारतीय जीबन बिमा कम्पनीहरुले नेपालमा कार्यालय स्थापना गरी जीवन बिमा गरेको पाइन्छ । निजी क्षेत्रबाट भने नेपालमा सर्बप्रथम बि.सं २०४५ सालमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना गरी जीवन बिमा सम्बन्धी कार्यको सुरुवात गरेको पाइन्छ । बिश्व इतिहासमा जीवन बिमाको कुरा गर्ने हो भने सन १९२७ मा अमेरीकाको सिकागो बिमा कम्पनी स्थापना भएको पाइन्छ । नेपालमा हाल जीवन बिमा सम्बन्धि १९ वटा कम्पनी कार्यरत रहेका छन । नेपालमा बिमा कम्पनीका प्रकारमा जीवन बिमा, निर्जीवन बिमा र पुर्न बिमा कम्पनी गरी ३ प्रकारको कम्पनीको स्थापना भएको छ । यी कम्पनीहरुले बिमाको क्षेत्रमा बिभिन्न पोलिसीहरु बनाई बिमा बिक्रि गरेको पाइन्छ । बिमा ब्यवसायलाई ब्यवस्थित,  बिकसित, नियमित र नियन्त्रित गर्नको लागि बिमा समितिको स्थापना गरिएको छ । बिमा ऐन २०२५ लाई प्रतिस्थापन गर्दै बि.सं २०४९ सालमा बिमा समितिको स्थापना भएको हो । बिमाको आवश्यकता दिनानुदिन बढ्दै गएको छ चाहेँ त्यो जीवन होस अथवा निर्जीवन बिमा किनभने हिजो भन्दा आज आजभन्दा भोली मानिसको जीवन र अरु चिजको जोखिम बढीरहेको छ । वातावरण र बढ्दो प्रतिष्पर्धाको कारण यसले जोखिम बहन गर्न मद्दत गर्दछ । यद्यपी नेपालमा जीवन बिमाले समेटिएको क्षेत्र बिमा समीतिले भने अनुसार २८% को हारहारीमा रहेको मानिएतापनि वास्तवमा भन्ने हो भने  यो तथ्याङ्क सही मान्न बिश्वसनीय आधार देखिदैन । यो तथ्याङ्क अन्य देशको तुलनामा अझैसम्म पनि कमजोर रहेको देखिन्छ । यसो हुनुमा मूख्य रुपमा जनचेतनाको कमी र सरकारी उदासिना वा बिमा समितिको सक्रियताको कमी नै मूख्य रुपमा हो ।

बिमा के हो र किन गर्ने

बिमित र बिमक बीच गरिएको कानुनी सम्झौता नै बिमा हो भनेर बिमा ऐन २०४९ मा उल्लेख गरिएको छ । संक्षेपमा भन्नु पर्दा क्षतिपूर्ति बापत दिइने रकम नै बिमा हो । जीवन बिमा जीवन हुन्जेल पनि र जीवन पछि पनि पाइने सम्झौता हो । बिमा भनेको सुरक्षित लगानी क्षतिपूर्ति सहितको हो । जुन बित्तिय क्षेत्रबाट प्राप्त गर्न सकिदैंन । बिमा आर्थिक सुरक्षा हो भने अर्थतन्त्रको मेरुदण्ड हो । कुनै नोक्सानी बापत हाम्रो वा हामीहरुको परिवारलाई आर्थिक सहायता प्रदान गर्नु  र निश्चिनता प्रदान गर्नु नै हो । बिमा केबल बिमा होइन यो Saving, Investment, Riskcover, Security, Safety, Help, Protection, Confident, Coverage पनि हो । बिमा आफ्नो फायदाको लागि मात्र होइन आफ्नो परिवारको सुरक्षाको लागि गरिन्छ । जसरी छाता बर्षा रोक्न होइन बर्षाबाट भिज्न रोक्नको लागि खरिद गरिन्छ बिमा पनि आफ्नो लागि भन्दा पनि आफ्नो परिवारको लागि गरिन्छ । उदाहरणको लागि घरको मुली ब्यक्ति वा परिवारमा आय आर्जन गर्ने  अभिभावककोे अनुपस्थितिमा वा उक्त ब्यक्ति तलमाथि हुँदा आफन्त नातेदार परिवार आदिले सधैं मद्दत वा सहयोग गर्न संभव छैन । यसर्थ पनि बिमा गर्नु अपरीहार्य मानिन्छ । त्यसमा केबल तपाईको मात्र होइन तपाईको सम्पूर्ण परिवार आर्थिक रुपमा सूरक्षित रहन्छन् । अर्को उदाहरण यस प्रकार दिन सकिन्छ – कारमा चारबटा चक्का हुन्छ तर पनि एउटा EXTRA राख्न आवश्यक छ किन ? किनभने बाटोमा सुरक्षित यात्राको लागि होइन र ? त्यसैगरी, हाम्रो परिवारको सुरक्षाको लागि सदैव बिमा आवश्यक छ यो हामी सबैलाई सर्वबिदितै छ । हाम्रो जीवन कति महत्वपूर्ण छ, कति अमूल्य छ यो भनिरहनु पर्ला र ? यस्तो अमूल्य जीवन आजको प्रतिपर्धात्मक समयमा कहिले के हुन्छ  कसैलाई थाहा हुदैंन । हिजो आज सडकमा गुड्ने तिब्र गतिको गाडिले दैनिक दुर्घटना भइरेहेको छ यसप्रकार जीवन बिमा प्रत्येक ब्यक्तिको लागि जरुरी रहेको छ । दुर्घटना भएको खण्डमा जीवन बिमा गराउनेको लागि निकै लाभदायक हुन्छ । त्यसैगरी मानिसको अवस्था बानी, ब्यवहार, बातावरण एवंम बिभिन्न घातक रोगको कारण उपचार गर्न वा मृत्युपछि परिवारलाई सहयोग गर्न वा ब्यक्ति जिबित रहेता पनि अङ्गभङ्ग भएमा बिमाले निवृत्तिभरण (पेन्सन) प्रदान समेत गर्दछ । बिमा मानबीय सम्बेदनसँग गाँसिएको ब्यवसाय हो । मानिसको जीवन तलमाथि हुँदा सम्बन्धीतलाई क्षतिपूर्ति दिने वा उक्त परिवारलाई आंशिक रुपले सबल बनाउने ब्यवसाय गर्ने कार्य बिमा हो ।

बिमा गर्नुको फायदालाई बुँदागत रुपमा यस प्रकार उल्लेख गर्न सकिन्छ -भविष्यको योजना निर्माणको लागि, दीर्धकालीन पूंजी निमार्ण, बालबालिकाको शिक्षा, ऋणको समस्याबाट मुक्ति, आर्थिक जोखिमको हस्तान्तरण, करमा छुट, देशको बिकासमा योगदान, ब्यक्ति स्वयंको लागि आदि । नेपालमा बि.सं. २०७२ सालमा आएको महाभुकम्प पछि बिमाको बारेमा चासो बढ्दै गएको देखिन्छ । यद्यपी बिमाको बारेमा नेपालमा अझ पनि फराकिलो क्षेत्रबाट सोच्ने गरेको देखिदैंन । यसको मूख्य कारण  समूदायमा बिमा सम्बन्धी आवश्यक जानकारी नभएकोले गर्दा नै हो । बिमा भनेको के हो ? यसबाट के फायदा हुन्छ ? भन्ने जानकारी सर्वसाधारण वा गाउँघरसम्म पनि राम्ररी पुग्न सकेको छैन बिकसित तथा पश्चिमी मुलुकमा सबैजसो नागरिकले बिमा गर्नु दायित्व वा बिभिन्न कारणले बाध्यात्मक ब्यवस्था गरिएको हुन्छ । नेपालमा जीवन बिमाको लागि हालसम्म पनि बाध्यात्मक ब्यवस्था गरिएको छैन । मानिसको जीवन वा धन सम्पत्तिको कुनै भरोसा छैन भन्ने कुरा भुकम्पले पाठ पढाएर गएको छ । आफ्नो र परिवारको भविष्य सुरक्षित गर्न बाध्यात्मक रुपमा बिमालाई महत्वपूर्ण मानिन्छ । साधारण अर्थमा भन्ने हो भने जीवन बिमाको मूख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । प्रत्येक ब्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । कुनै पनि ब्यक्तिले आफ्नो जीवनको योजना बनाउँदा परिवारको भबिष्यको बारेमा पनि सोच्नु पर्छ । बिमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हद सम्म भएपनि कम गर्ने गर्दछ । त्यसकारण बिमा सबै मानिसहरुको लागि अपरिहार्य छ ।

बिमितले भोग्ने समस्या र अभिकर्ताक भूमिका :

बिशेष गरी जीवन बिमा पोलिसी के कसरी कुन लिने भन्ने बिषयमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । नेपालमा जीवन बिमाको काम गर्ने १९ वटा कम्पनीको बिमा लेखको नाम फरक फरक भएतापनि प्रवृति भने उस्तै उस्तै प्रकारको देखिन्छ । बिमा कम्पनीहरु बिच तिब्र अस्वस्थ प्रतिष्पर्धा रहेको छ । एकले अर्काको अभिकर्ता आकर्षित गर्न र अभिकर्तालाई बढी भन्दा बढी सुबिधा दिने होडबाजी नै चलेको देखिन्छ । अभिकर्ता हुनको लागि चाहिने सामान्य तालिम समेत नलिएका र आलाकाँचा युवाहरुको झुण्ड तयार गरी सर्वसाधारणलाई बिमाको बारेमा राम्ररी बुझाउन नसक्ने तर बिमा गर्न दबाव दिने एक प्रकारको आतङ्कको गुनासो पनि मनग्गै सुनिन्छ । बिमा कम्पनीको ब्यवसाय ठूला ब्यापारिक घरानाका रोजाइमा पर्नुले यो ब्यवसायको महत्व कति छ भन्ने  प्रस्टिन्छ । कुनै एक कम्पनीले कम्तीमा पनि १०० जना भन्दा बढी कर्मचारी राक्नु तलब सुबिधा पनि राम्रै दिनु र अभिकर्तालाई बाइक देखि गाडी सम्म बाँड्नुले यस भित्रको कमिसन वा अदृश्य लाभलाई यसले प्रष्ट पारेको एकातिर छ भने अर्कोतिर धेरै युवाले अभिकर्ता बनेर राम्रो आम्दानीको श्रोत समेत पनि आर्ज गरेको देखिन्छ  तर यति हुँदाहुदैं पनि बिमा कम्पनीले बिमा भुक्तानी गर्नुपर्ने समयमा अनेक कागजी प्रक्रिया देखाई समयमा भुक्तानी नगरेको थुप्रै उदाहरण देखिन्छ । जीवन बिमा गर्दा धेरै जसो बिमितले भोगेको समस्या भनेको आत्मसमर्पण मूख्य हो । सबैजसो बिमा कम्पनीले कम्तीमा २ वर्ष नपुगी आत्मसमर्पण मूल्य प्रदान नगरीदिँदा बिमा भनेको ठग ब्यवसायको रुपमा पनि सर्बसाधारणमा परिभाषित हुन पुगेको देखिन्छ । यस समस्यालाई निराकरणको लागि पहिलो वर्ष पुगेपछि पनि आत्मसमर्पण मूल्यमा रकम प्रदान गर्नुपर्दछ । तर त्यस वापत कम्पनीले अभिकर्तालाई प्रदान गर्न रकम प्रदान नगर्नु वा कमिसनमा पूर्ण बिचार गर्नु उत्तम देखिन्छ । यसो गर्नाले बिमा प्रति अझ मानिसको भरोसा बढ्न जान्छ । त्यसैगरी भुक्तानी गर्नुपर्दा जति सक्दो कम समयमा बढी भुक्तानी गर्न सकेमा जनतामा बिश्वास बढ्न जान्छ । यसको उदाहरणको रुपमा भारतीय बिमा कम्पनीलाई लिन सकिन्छ । भारतीय बिमा कम्पनीहरुले बढीमा तीन दिन भित्र दाबी भुक्तानी गरीसकेको पाइन्छ । नेपालको बिशेष गरी तराइ क्षेत्रमा भारतीय जीवन बिमा कम्पनीले नेपालका बिमा कम्पनी भन्दा राम्रो बोनस र कम प्रिमियम सहित नेपालीहरुलाई बिमा गराइरहेका छन । यस तर्फ नेपालका जीबन बिमा कम्पनी र बिमा समितिले ध्यान दिनु पर्ने देखिन्छ ।

बिमा कतिको गर्ने र कहाँ गर्नेः

बिमा अभिकर्ताले बिमा गराउँदा कतिको जीवन बिमा गराउने प्रष्ट पारिदिनु पर्ने हुन्छ । केबल कमिसनको लागि मात्र ब्यक्तिको आय स्रोत नहेरी बिमा गराउनाले आत्मसमर्पण गर्ने प्रचलन बढ्दो छ । बिमा केही बर्षको लागि Investment भएको र बैकमा राखे जस्तो जुनसुकै बखत रकम निकाल्न सहज नभएकोले बिमित ब्यक्तिले आफुले मासिक वा बार्षिक रुपमा संचित गर्न सक्ने रकमै बिमा गर्नुपर्ने हुन्छ । बिमा Riskcover पनि भएकोले कुनै ब्यक्तिले आफूलेबार्षिक जति रकम आम्दानी गर्दछ त्यसको कम्तीमा १० देखि १५ गुणा बढी रकमको बिमा गर्नु पर्दछ । उदाहरणको लागि कुनै ब्यक्तिको बार्षिक आम्दानी तीन लाख छ भने उसले कम्तिमा पनि तीस लाख रकम बराबरको जीवन बिमा गर्नु पर्दछ । जसले गर्दा भविष्यमा उसको अनुपस्थितिमा पनि परिवारलाई जीवन यापनमा सहज होस् । यस लेखमा जीवन बिमालाई मात्र जोड दिएकोले बिमाका अरु प्रकार स्वास्थ्य बिमा, यात्रा बिमा, निर्जीवन बिमा, अल्पकालिन बिमा आदि बिमाको बारेमा उल्लेख गरिएको छैन । जीवन बिमा जीवन हुन्जेल र जीवन पछि पनि पाइने भएकोले यसको उपयोगिता ज्यादा रहेको छ । नेपालमा हाल जीवन बिमाको क्षेत्रमा कार्य गर्ने बिमा समितिबाट अनुमति प्राप्त गरी १९ वटा कम्पनीहरु कार्यरत छन् ।

पछिल्लो समयमा उम्दो जीवन बिमा कम्पनीको रुपमा सानीमा लाइफ इन्स्योरेन्स कम्पनीले कार्य गरिरहेको देखिन्छ । चुस्त र दुरुस्त ब्यवस्थापकिय शैली बिमा र बैंक क्षेत्रमा लामो अनुभब प्राप्त गरेका बिज्ञ ब्यक्तिहरु तथा अनुभवी र तालिम प्राप्त अभिकर्ताहरुको संलग्नताले सानीमा लाइफ इन्स्योरेन्स नेपालका जीवन बिमा कम्पनीहरु मध्ये छोटो समयमै उत्कृष्ट साबित हुन पुगेको छ । सानीमा बैंक र NRN (गैर आवाशीय नपाली) तथा प्रतिस्ठित नेपाली ब्यवसायबाट संचालन गरिएको त्यस कम्पनीले बिमा क्षेत्रमा कम प्रिमियममा बढी बोनस सहित र ब्यक्तिको आय श्रोत बमोजिमका देहाय बमोजिमको पोलिसीहरु प्रस्तुत गरेको छ । सानीमा दिर्धायु जीवन बिमा योजना, सानीमा धनपति जीवन बिमा योजना, सानीमा सरल जीवन बिमा योजना, सानीमा एकल भुक्तानी जीवन बिमा योजना, सानीमा बाल सौगात जीवन बिमा योजना, सानीमा म्यादी जीवन बिमा योजना, सानीमा शुभलक्ष्मी जीवन बिमा योजना, सानीमा दम्पति बिमा योजना, सानीमा बार्षिक धनफिर्ती बिमा योजना, सानीमा धन संचय जीवन बिमा योजना, सानीमा घातक रोग रक्षाबरण करार योजना आदि १२ प्रकारको बिमा योजना मार्फत सेवा प्रदान गर्दै आइरहेको त्यस कम्पनीेले भविस्यमा अझ सफल एवंम सुहाउँदो बिमा योजना प्रस्तुत गरी बिमा क्षेत्रमा नेपालको अग्रणी कम्पनीको रुपमा स्थापित हुने लक्ष्य समेत लिएकोले यस कम्पनीका बिमा योजनाहरु आम नेपालीहरुका लागि उपर्युक्त नै देखिन्छ । कम्पनीले निकट भविस्यमै सानीमा स्मार्ट बिमा योजना प्रस्तुत गर्ने लक्ष्य लिएको देखिन्छ । यो बिमा योजना नेपाली जीबन बिमाको क्षेत्रमा छुट्टै पहिचान बोकेको नाम अनुसार नै स्मार्ट हुने देखिन्छ ।

आगामी दिनमा बिमालाई जनमानससम्म पु्याउन वा समाजका हरेक क्षेत्र वा तप्कामा जीवन बिमाको आवश्यकता बोध गराउन बिमा समितिको योगदान वा सक्रियता अझ महत्वपूर्ण रहने हुन्छ । बिद्यालय तथा बिश्व बिद्यालयका पाठ्यक्रममा समावेश गरी शिक्षा क्षेत्रमा समेत सहभागिता पु्याउनको साथै बिमा सम्बन्धी बिभिन्न प्रतियोगितामा एवंम उच्च शैक्षिक क्षेत्रमा बिमा सम्बन्धमा शोध अनुसन्धान आदि कार्य गर्न ब्यक्ति वा संस्थालाई प्रश्रय दिनुपर्ने हुन्छ । त्यसैगरी कुनै पनि ब्यक्तिले लामो समयअवधीको लागि बैंकबाट ऋण रकम लिँदा जीवन बिमा अनिबार्य गरको खण्डमा बिमित र संस्था दुबैलाई उपयोगी हुने देखिन्छ । स्थानीय निकाय वा प्रदेश सरकारले आप्mनो क्षेत्र भित्रका समाजमा पछि परेका समूदायलाई जीवन बिमा गर्न र गराउन प्रोत्साहित गर्नुका साथै राज्यबाट पाउने सेवा सुबिधामा जीवन बिमा गरेको ब्यक्तिलाई बिशेष सुबिधा प्रदान गरेको खण्डमा जीवन बिमाको महत्व अझ बढेर जाने देखिन्छ ।

      २०७७-०५-१३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here