फ्रान्स, आइतबार, २८ बैशाख २०७७ । मगर समाज फ्रान्सद्वारा राहत सामग्री वितरण गरिएको छ ।

बिश्वमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९ ) का  कारण समग्र बिश्वजगत अहिले चपेटामा आक्रान्त छ । माहामारीले आक्रान्त पारेको देशहरु मध्य फ्रान्स पनि एक हो । मानब समाज र प्राकृतिलाई नै चुनौती दिएको यस विषम घडीमा फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको छ ।

आजको जटिल परिस्थितिमा फ्रान्स सरकारद्वारा घोषणा गरेको दुई महिना लामो लकडाउनको अवधीमा यहाँ रहेका नेपाली समुदायलाई  यसको प्रभाब परेको छ ।

भर्खर अध्यनका लागी आएका नव बिधार्थी भाई बहिनीहरु र बैधानिक कागज पत्र नभएका कारण रोज़गार नभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई खाद्यान्न अभाब संकट भएकाले मगर समाज फ़्रान्सद्वारा आह्वान गरीएको पहिलो चरणको खाधान्न राहत वितरण कार्यक्रममा करिब ८० जनालाई राहत वितरण गरिएको समाजका सह सचिब जीवन थापा मगरले जानकारी दिनुभयो ।

मगर समाज फ़्रान्सका उपाध्यक्ष  बिष्णु सारू मगरले नेपाली समाज र समुदायलाई आजको जटिल परिस्थितिमा मगर समाज फ़्रान्सको जहिले पनि भूमिका रहने ब्यहोरा जानकारी गराउदै यस मानवीय कर्ममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरुलाई समाजका तर्फबाट धन्यबाद ज्ञापन गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here