हो, म उहीँ मजदुर
जो आफ्नो परिवारका लागि
सबै दु:ख सहेर
एक छाक टार्नकै लागि

शरीर ढाक्नकै लागि
हरेक पिडा भुल्दै
घाम, पानी, भोक, तिर्खा
केहि पनि नभनी
हिड्ने म उहीँ मजदुर हो ।

महिनौ दिन काम नपाउँदा
आगोमा मकै पिल्सिए झै
पिल्सिएको अनि असारे
झरि सरि हरबखत
रोइरहेको मजदुर ।

दोषी त खै कसलाई भनै म यहाँ
हरेक दोष आफैलाई देखाउँदै
एक प्याकेट चाउचाउ
एक बोत्तल पानी अनि
पिट पिट पड्किने चप्पल
पड्काउदै यात्रा सुरु भयो
तर
जसरी बिच बाटोमा नै
हिड्दा हिड्दै
चप्पल चुडियो
उसैगरी बिच बाटोमै
हराएको मजदुर हुँ ।

कमला भट्ट
२०७७-०३-२६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here