मर्छु कि भन्ने डर थियो तर जितियो कोरोना, मरे भनेर गोस्सिभ गर्ने केही मित्रहरु प्रति नमन :

अगष्ट महिनाको खाडीको चर्को गर्मीको समय ! बिश्वलाई नै त्रसित बनाई रहेको कोरोना भाइरस (कोभिड-१९) कोरोना कहरको महामारीले उग्र रुप लिदैं जताततै चरम उत्सर्गमा नयाँ उचाई लिइरहेको थियो । मनमा डर र त्रासको मनोदशाले डेरा जमाई रहेको परिस्थितिमा सुरक्षित साथ नै आफ्नो नियमित कार्यहरु गर्दै दिनहरु बिति रहेको थियो ।

अगष्ट १२ को दिन अकास्मत मलाई हल्का ज्वोरो आउने, टाउको दुख्ने, खाना मन नलाग्ने र शरीर कमजोरी भयो र मलाई शंका लाग्न थाल्यो ? के मलाई पनि कोरोना त लागेन भनेर …!

मैले कम्पनीको म्यानेजरलाई कल गरेर म बिरामी भएको जानकरी दिए । तत्कालै मैले रूम परिवर्तन गरे र अन्य साथीहरुबाट अलग्गै बसे ।

मनमा कोरोनाको कालो बादलले चारैतिर ढाकेर सारा दिलको आकाश अध्यारो बनाई रह्यो

र, सकी नसकी मेरो सिरानीको साथमा राखेको मोबाइल समायो अनि केही महिना अगाडी “कोरोनालाई जितेर आउनु भएको मेरो नजिकैको एकजना साथीलाई कल गरे र आफ्नो समस्याको फेहरिस्ता पोखे” ।

उहाँले सहानुभूति दिदैं आफ्नो अनुभवमा कोरोनाको लक्षणहरु मलाई सुनाई रहदाँम छाङ्गोबाट खसे जस्तै भए ! एकै छिन मेरो आवाज नै रोकियो । मेरो छातीमाथी एक टन चट्टानको टुक्रा आएर थिचेको महसुस भयो किनभने उहाँको अनुभूति,भोगाइ र समस्याहरु म संग करिव करिव 90% मेल खाएको थियो । म हतास भए, डराएको जस्तो भयो । मैले आफुलाई सम्हालिदै मनोबल बलियो बनाउँदै “ह्या ! सामन्य रुघा खोकी नै हो मलाई केही भएको छैन” भन्दै आफूले आफैलाई सम्हालिन खोजे ।

समस्या जटिल हुँदै गइ रह्यो । ज्वोरोले आफ्नो सिमा नाघी सकेको थियो । श्वासप्रश्स्वासमा झनै समस्या आउन थाल्यो । वान्ता हुने, टाउको धेरै दुख्ने हुन थाल्यो । म हतार हतार हमाद हस्पिटल गए र चिकित्सकले मलाई केही औषधिको पोको हातमा थम्याएर यो औषधि खानु ठिक हुन्छ भनेर मलाई आफ्नो कोठामा फर्काइदियो ।

म मृत्युलाई नजिकबाट हेरेर फर्किएको छु र अहिले सापटको जीवन उपाहार स्वरुप पाएको छु । हामी सचेत र सावाधानी अपनायौं भने आफू बाच्न र समाजलाई बचाउन सकिन्छ ।

मनोबल बलियो बनाउने, शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि सन्तुलित भोजन, शारिरिक ब्यायम, कागति पानी तताएर पिउने गरियो भने हामीलाई कुनै पनि रोगले आक्रमण गर्न सकिँदैन ।

र अन्तयमा यसैगरी मलाई कोभिड संक्रमण भएको कुरालाइ लिएर एउटा पेशागत केही समुहका ब्यक्तिले सामाजिक सञ्जालहरुमा गोसिप गर्दै “मर्दैछ” भन्ने सम्मको जुन अफवाह फैलाउने काम गरे त्यसले मलाई अति दु:ख लागेको छ ।

एकजना बौद्धिक महाशयले त मलाई मेरो फेसबुक मेसेन्जरमा म ICU मा छट्पटिदै गर्दा मलाई सन्त्वना दिन त कता हो कता “कोभिड हुदैं मा ICU मा त होइन होला” भन्न सम्म आँट गरे । मलाई त् भन्नु भयो उहाँले तर आब अरु कोही कसैलाई नभन्न आग्रह गर्छु ।

समाजमा अफवाह हल्ला फिजाएर घर परिवारलाइ शोक र चिन्ता दिने र समाजलाई त्रसित बनाउने महाशायहरुलाई भगवानले सद्बुद्धी दिउन भन्ने पनि कामना गर्दछु ।

अर्जुन संग्रौला
गो.न.पा. १४, गोरखा,
हाल: कतार ।

२०७७ साल असोज ६ गते मंगलबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here